मालदिभ्समा संकटकालको घोषणा

काठमाडौँ — दक्षिण एशियाको सानो मुलुक मालदिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिन अब्दुल गयूमले राजनीतिक संकट उत्पन्न भएपछि १५ दिनकालागि संकटकाल घोषणा गरेका छन् ।

राष्ट्रपति गयूमले संकटकालको घोषणा गरेसँगै मालदिभ्स सैनिकले प्रधानन्यायाधीश अब्दुल्ला सईद र अर्का एक न्यायाधीश अली हमिदलाई पक्राउ गरेको छ ।

मालदिभ्सको राजधानी मालेमा प्रतिपक्षी दलका नेता तथा कार्यकर्ता र राष्ट्रपतिका काम कारवाही प्रति असन्तुष्ट सर्वसाधारणले नेतृत्व परिवर्तनका लागि गर्दै आएको आन्दोलनलाई सोमबार पनि निरन्तरता दिएका थिए ।

राष्ट्रपतिले राष्ट्रलाई सम्बोधन गर्दै जारी प्रदर्शनबाट हुनसक्ने सम्भावित दुर्घटना जोगाउनका लागि संकटकाल लगाइएको बताएका छन् ।

कमेन्टहरु
Loading...