अष्ट्रेलियामा महाशिवरात्री धुमधामका साथ

विस्रवेन, २१ फागुन /सोमबार अस्ट्रेलियामा पनि महाशिवरात्री पर्व मनाइएको छ । क्वीन्सल्याण्ड नेपलीज कम्युनिटी सेन्टरको आयोजनमा अस्टे«लियाको क्वीन्सल्याण्ड राज्यको विस्रवेन शहरको वभेल हाईट सामुदायिक हलमा महाशिवरात्री पुजा गरिएको छ ।

सो पुजामा विस्रेवेनका विभिन्न ठाँउहरुमा बस्ने नेपाली भक्तजनहरु सहभागि भएका थिए । कार्यक्रममा पण्डित केदार पौड्यालले पुजाको सञ्चालन गरेका थिए । पुजामा करिव २ दर्जन भक्तजनहरु कर्ता बसेका थिए ।

नेपाल बाहिर रहेर पनि धर्म संस्कृतिको रक्षार्थ कार्यक्रमको आयोजना गरिएको क्वीन्सल्याण्ड नेपलीज कम्यूनिटी सेन्टरका सचिव नारायण पन्थीले जानकारी दिए । पन्थीले आफू नेपालमा रहँदा मनाउदै आइरहेका चाडपर्व अस्टेलियामा नै जन्मेका नेपाली वालवच्चाको लागि हस्तान्तरित हुने बताए ।

केन्द्रले आगामी दिनमा पनि नेपाली दाजुभाई दिदीबहिनीहरु माझ, यस्ता खालका कार्यक्रम र गतिविधिहरु सञ्चालन गर्दे अघि बढने केन्द्रका अध्यक्ष हरि खड्काले जानकारी दिए ।यस्ता खालका कार्यक्रमहरुले नेपालको भाषा संस्कृति विदेशी भूमिमा पनि प्रोत्साहन हुने कुरामा खड्काको जोड थियो ।

कार्यक्रममा शिव पुजा, प्रसाद ग्रहण तथा भजन किर्तन समेत गरिएको थियो । पुजामा सहभागी भएका भक्तजनहरुले अस्टे«लियामा रहेर पनि आफनो चाडपर्व मनाउन पाएकोमा खुशी व्यक्त गरेका छन ।

कमेन्टहरु
Loading...