कस्मिरमा गोलाबारीमा परी एक नेपालीको मृत्यु

काठमाडौं, ९ असार / भारतको जम्मु कस्मिरमा भएको गोली हानाहानमा परी भारतीय सेनामा कार्यरत गुल्मीका एक युवाको मृत्यु भएको छ ।

गुल्मीको छत्रकोट गाउँपालिका वडा ५ खर्ज्याङ घर भएका भारतीय सेनाका हवल्दार दीपक कार्की सोमबार बिहान भएको गोलाबारीमा परि मृत्यु भएको हो ।

कार्की जम्मु काश्मिरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा ड्युटीमै रहँदा पाकिस्तान तिरबाट गोलाबारी हुदाँ मृत्यु भएको भारतीय सञ्चार माध्येमले जनाएका छन् ।

गोलाबारीमा घाइते भएका उनको उपचारको क्रममा ज्यान गएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल देवेन्द्र आनन्दले पाकिस्तानी सेनाको आक्रमणमा ३/५ गोरखा राइफमा कार्यरत कार्कीको मृत्यु भएको बताएका छन् । कार्कीको परिवारमा ९० वर्षीय बुवा एक श्रीमती २ छोरी र एक छोरा छन् ।

कमेन्टहरु
Loading...