पत्रकार शर्मा नेजा पुरस्कारबाट सम्मानित

पोखरा, २३ वैशाख /नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले प्रदान गर्दै आएको यस वर्षको नेजा सामुदायिक पत्रकारिता पुरस्कार शिव शर्मालाई प्रदान गरिएको छ ।

नेजाको अमेरिकामा सम्पन्न १३ आंै साधारण सभा अवसरमा अग्रज पत्रकार किशोर नेपालले शर्मालाई पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशी एक हजार एक सय ११ डलर र प्रमाणपत्र रहेको छ ।

शर्माले लेखेको ‘अमेरिकाको ग्यास स्टोरमा जोखिम ः बन्दुकको निशानामा नेपाली’ शीर्षकको फिचर समाचारले सर्वोत्कृष्ट हुँदै पुरस्कार जितेको हो । दर्जनांै प्रतिस्पर्धीमा उनको उक्त रिपोर्टिङले यस वर्षको नेजा पुरस्कार पाएको होे ।

किरण मरहठ्ठा, होम लम्साल र ज्योति देवकोटाले छनौट समितिले शर्माको समाचारलाई उत्कृष्ट ठह¥याएको जनाइएको छ ।

अमेरिकाको टेक्सासमा बसेर पत्रकारिता गर्दै आएका शर्मा पोखरामा रहँदा समेत कान्तिपुर पब्लिकेशनसँग आवद्ध थिए ।

अहिले पनि स्वतन्त्र पत्रकारिता गर्दै आएका शर्माको युएसनेपालपोष्ट नामक अनलाइनपोर्टल समेत संचालन तयारीमा छ ।

चलचित्र पत्रकार संघ कास्कीका पूर्व अध्यक्ष शर्माको स्थायी घर तनहुँ जिल्लाको राइपुर हो । उनले यसअघि पनि विभिन्न विधामा राष्ट्रिय–अन्तर्राष्ट्रिय अवार्ड तथा पुरस्कार प्राप्त गरेका छन् ।

कमेन्टहरु
Loading...