भारत र चीनको विवादित सीमा लद्दाखमा भिडन्त, २० भारतीय सैनिकको मृत्यु

पोखरा, ३ असार/ भारत र चीनको विवादित सीमा लद्दाखको गलवान क्षेत्रमा दुवै देशका सैनिकबीच भिडन्त भएको छ । भिडन्तमा परी २० जना भारतीय सैनिकको मृत्यु भएको छ ।

१५ र १६ जुनमा भएको भिडन्तमा परी २० जना सैनिकको मृत्यु भएको भारतीय संचार माध्येमहरुले जनाएका छन् । भारतीय संचार माध्येमले चिनीया सैनिकहरु ४३ जना हताहत भएको दावी गरेका छन् ।

१५ र १६ जुनको राति दुवै देशका सैनिकबीच झडप भएको थियो । झडपमा १७ भारतीय सैनिक गम्भीर रुपमा घाइते भएका थिए । शून्य डिग्रीभन्दा पनि कम तापक्रम र धेरै उचाइ भएको इलाकामा गम्भीर घाइते भएका १७ सैनिकको मृत्यु भयो । यहाँ कूल २० भारतीय सैनिकको मृत्यु भएको छ । भारतीय सेनाले दुवै देशका वरिष्ठ सैनिक अधिकारी तनाव कम गर्ने विषयमा वार्ता गर्न लागेको पनि उल्लेख गरेको छ ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार पिपुल्स लिबरेसन आर्मी (पीएलए)को पश्चिम कामाण्डका प्रवक्ता चाङ्ग शुईलीले विज्ञप्ति जारी गर्दै भारतलाई आफ्ना सैनिकलाई रोक्न र विवाद समाधानका लागि वार्ताको बाटो अपनाउन भनेका छन् ।

चाङ्गले भनेका छन्, ‘भारतीय सैनिकले आफ्नो वाचा उल्लंघन गरेको छ र एकपटक फेरि नियन्त्रण रेखा पार गरेको छ । जानीबुझी चिनियाँ सेनालाई उक्साएर आक्रमण गरेको छ । जसका कारण दुवै पक्षबीच झडप भयो र यही नै हताहतीको कारण बन्यो ।

सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो । सीमा क्षेत्रमा बारम्बार तनाव उत्पन्न हुने गरे पनि गोली नचलेको लामो समय भइसकेको थियो ।

कमेन्टहरु
Loading...