म्याथ्यू आँधीका कारण हइटीमा आठ सय बढि मृत्यु

एजेन्सी, २२ असोज /हाइटीमा म्याथ्थू आँधीका कारण मर्नेको संख्या आठ सय बढि पुगेको छ । हइटीको नागरिक सुरक्षा एजेन्सीले मृतकको संख्या आठ सय बढि भएको जनाएको हो ।

मंगलबार हइटीको दक्षिण पश्चिम क्षेत्र आँधी हुरीको चपेटामा परेको थियो । उक्त क्षेत्रको जेरभी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ र, हजारौं मानिस घरबारबिहीन भएका छन् ।

दक्षिणी सुबे सददमा तीसहजार घर तहसनहस भएको छ । म्याथ्थू आँधीका कारण हैटीमा राष्ट्रपति चुनाव स्थगित गरिएको छ । तुफानका कारण प्रभावित सहरमा समपर्क टूटेको छ । समुद्र वा हेलिकप्टरको मदतमा मात्र उक्त क्षेत्रमा पुग्न सम्भव भएको बीबीसीले जनाएको छ ।

राहतकर्मी विकटस्थानहरुमा राहत सामग्री लिएर पुग्दा सम्म मृतको संख्या बढ्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघले म्याथ्थू आँधीले पुर्‍याएको क्षतिको पूर्ण विवरण आउन अझै केही दिन लाग्ने जनाएको छ ।

हइटीबाट आँधी अमेरिकाको फ्लोरिडाको डेटोना समुद्री किनारा तर्फ १३ माइल प्रति घण्टाको रफ्तारमा अघि बढिरहेको अमेरिकी राष्ट्रीय केन्द्रले जनाएको छ । अमेरिकाको चार राज्यका दशौं लाम मानिसलाई आफ्ना घरबाट सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । पाँच लाख भन्दा धेरै घरमा बिजुली काटिएको छ । यसअघि नै फ्लोरिडा, जर्जिया तथा दक्षिण क्यारोलाइनमा आपतकाल लागू गरिएको छ ।

कमेन्टहरु
Loading...