हङकङमा राप्रपा नेपालको भातृ संगठन प्रबासी नेपाल एकता समाज गठन

हङकङ, २३ असोज/राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको विदेश स्थित भातृ संगठन “प्रबासी नेपाली एकता समाज हङकङको” तदर्थ समिति गठन भएको छ।

इश्वर बिक्रम शाहको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति सर्बसम्मत चयन गरीएको छ। तदर्थ समितिमा पुकार शाह, बिष्णु भुषाल, शुष्मा शाही, खेम राना, सुमन केसी, जगत गुरूङ, सोम गुरूङ, दील कुमारी राई, उमा थापा र तुलसी उप्रेती हुनु हुन्छ।

हङकङका नेपालीहरूको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा राप्रपा नेपालको भातृसंगठन “राष्ट्रीय प्रजातान्त्रिक यूबा संगठन नेपालको केन्द्रीय सचिव” हिक्मत जंग कार्कीले शुभकामना दिए । उनले राप्रपा नेपालको बर्तमानको स्थिति, देश र जनताका हितका लागि राप्रपा नेपालले खेली रहेको भूमिका र राप्रपा नेपालले बोकेको एजेण्डा बारेमा प्रष्ट पारेका थिए ।

नेपाली जनसम्पर्क समितिका हङकङका सभापति बसन्त श्रीनेत, नेकपा माओबादी केन्द्रका अध्यक्ष रविन लिङदेन, संघीय समाजवादी फोरमका अध्यक्ष हजेन राईले शुभकामना दिए । उनीहरुले देशको बर्तमान राजनिती अबस्था र संबिधान कार्यान्वयन बिषयमा चर्चा गरेका थिए।

कमेन्टहरु
Loading...