युएईमा नेपाली चेलीहरुको झगडामा एकको हत्या, तीन जना घाइते

एजेन्सी, १२ कात्तिक / युएईमा नेपाली एक महिलाले झगडा गर्दै चक्कु प्रहरा गर्दा एक जनाको मृत्यु भएको छ भने तीन जना महिला घाइते भएका छन् ।

युएईको शारजाह स्थित एक कम्पनीमा कार्यरत नुवाकोटकी सोनी तामाङले कम्पनीमै कार्यरत चार जना साथी माथि छुरा प्रहार गरेकी हुन् । छुरा प्रहारबाट काठमाडौंकी सिर्जना बरालको मृत्यु भएको नेपाली दूतावासले जानकारी दिएको छ ।

गम्भीर घाइते ममता चौधरीको अस्पतालको आईसियुमा उपचार भइरहेको छ । घटनामा घाइते आशा दर्जी र सलिना मगर उपचारपछि कार्यस्थल फर्किसकेका छन् ।

बिहीबार राति तामाङले मादक पदार्थ सेवन गरी झगडा सुरु गरेको र झगडाले उग्ररुप लिएपछि छुरा प्रहार गरेको नेपाली दूतावासले जनाएको छ । हत्यामा संलग्न तामाङलाई युएई प्रहरीले प्रक्राउ गरेको छ ।

कमेन्टहरु
Loading...