आवश्यक भन्दा धेरै वा कम सुतेमा मोटोपनको समस्या बढ्ने

पोखरा ,१९ फागुन /आवश्यक भन्दा धेरै वा कम सुतेमा मोटोपनको समस्या बढ्ने एक अध्ययनले देखाएको छ । सुत्ने बानी असामान्य भएका मानिसमा मोटोपनको समस्या बढी हुने देखिएको अनुसन्धानकर्ताले बताएका छन् । आनुवंशिक रुपमा मोटोपनको खतरामा रहेका व्यक्तिको सुत्ने बानी असामान्य भएमा तिनीहरुमा मोटोपनको समस्या झन बढ्ने देखिएको छ ।

आवश्यक भन्दा धेरै वा कम सुतेमा मोटोपनको समस्या बढ्ने

बेलायतको ग्लासगो विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अनुसन्धानमा सुत्ने समय र शरीरको तौलबिच प्रत्यक्ष सम्बन्ध देखिएको हो ।आनुवंशिक रुपमा मोटोपनको जोखिममा नरहेका व्यक्तिको पनि सुत्ने बानी असामान्य भएमा तौल बढ्ने अनुसन्धाकर्ताले बताएका छन् ।

अनुसन्धानकर्ताले दिनको सात घण्टा भन्दा कम र नौ घण्टा भन्दा बढी सुत्ने व्यक्तिको मोटोपनको अनुगमन गरेका थिए । त्यसमा कम सुत्ने र बढी सुत्ने दुवैमा मोटोपनको समस्या देखिएको उनीहरुको भनाई छ । दिनको सातदेखि ९ घण्टासम्म सुत्नेमा भने त्यो भन्दा कम वा बढी सुत्ने व्यक्तिमा भन्दा मोटोपनको समस्या कम देखिएको छ ।

कमेन्टहरु
Loading...