कोरोनाबाट साउदी अरबमा ७ नेपालीको मृत्यु

एजेन्सी / कोरोना भाइरस कोभिड १९ बाट साउदी अरबमा ७ नेपालीको मृत्यु भएको छ । पछिल्लो तथ्याङक अनुसार ७ नेपालीको मृत्यु भएको साउदीस्थित दुताबासले जनाएको छ ।

अहिले सम्म कोरोनाबाट १ हजार ३ सय ६० नेपाली संक्रमित भएका छन् । संक्रमित नेपालीहरुमा राजधानी रियाद क्षेत्रमा बढि छन् ।

कोरोना भाइरसको बढ्दो संक्रमण, साउदी सरकारले लगाएको कर्फ्यु र अन्य नियमलाई मध्यनजर गर्दै नेपाली दूतावासले साउदीमा रहेका विभिन्न संघ–संस्थाको सहकार्यमा खाद्यान्न र सामान्य मेडिसिन उपलब्ध गराउँदै आएको छ ।

स्वास्थ्य परामर्शको लागि २ नेपाली डाक्टरको व्यवस्था गरेको छ । अहिलेसम्म साउदी अरबमा कोरोना भाइरसको संक्रमणबाट ६५ हजार भन्दा बढि रहेका छ भने ३ सय ५१ जनाले ज्यान गुमाइसकेका छन् ।

कमेन्टहरु
Loading...