कोरोनाका कारण मृत्यु हुनेको सख्या २४ हजार बढि, भारतमा एकै दिन ८ को मृत्यु

एजेन्सी / कोरोना भाइरसका कारण भारतमा एकै दिन ८ जनाको मृत्यु भएको छ । भारतमा मृत्यु हुनेको सख्या २० पुगेको छ । भारतमा बिहीबार मात्रै ७० जनामा नयाँ संक्रमण देखीएको छ । अहिले सम्म भारतमा संक्रमित हुनेको सख्या ७ सय २७ पुगेको छ ।

चीन र इटली भन्दा अमेरिकामा कोरोना भाइरस संक्रमित सख्या बढि भएको छ । अमेरिकामा एकै दिन १७ हजार १ सय ३३ नयाँ संक्रमित थपिएपछि अमेरिकामा संक्रमितको सख्या विश्वमा नै सबैभन्दा धेरै भएको छ । अमेरिकामा ८५ हजार ३ सय ४४ पुगेको छ ।

वल्र्डडोमिटरको ताजा आँकडा अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा २ सय ६८ जनाको मृत्यु भएको छ । यो सगँ मृत्यु हुनेको सख्या १ हजार २ सय ९५ पुगेको छ । अमेरिका पछि चीनमा संक्रमितको सख्या ८१ हजार ३ सय ४० छ भने इटलीमा ८० हजार ५ सय ८९ जनामा देखीएको छ ।

कोरोनाका कारण मृत्यु हुनेको सख्या २४ हजार ७३ पुगेको छ । अहिले सम्म विश्वभर ५ लाख ३१ हजारमा ८ सय ४ जनामा संक्रमण देखीएको छ भने १ लाख २३ हजार ९ सय ४२ जना सन्चो भएर घर फर्किएका छन् ।

कमेन्टहरु
Loading...