कोरोनाबाट एकै दिन ३७ सयको मृत्यु, स्पेनमा ९१३, अमेरिकामा ५६५ को मृत्यु

एजेन्सी/ कोरोना भाइरसका कारण एकै दिन ३ हाजर ७ सय १५ जनाको मृत्यु भएको छ । सबै भन्दा धेरै स्पेनमा एकैदिन ९ सय १३ जनाको मृत्यु भएको छ ।

यससँगै स्पेनमा अहिले सम्म मृत्यु हुनेको संख्या ७ हजार ७ सय १६ पुगेको छ । स्पेनमा ८७ हजार ९ सय ५६ जनामा कोरोना संक्रमण देखीएको छ भने ७ हजार ८ सय ४६ जनामा नयाँ सक्रमितहरु हुने । तेस्रो स्थानमा रहेको चीनलाई उछिन्दै स्पेन तेस्रो स्थानमा उक्लिएको छ ।

त्यसै गरी इटालीमा ८ सय १२ जनाको मृत्यु भएको छ । इटालीमा १ लाख १ हजार ७ सय ३९ जनामा संक्रमण देखीको छ । जसमध्ये ११ हजार ५ सय ९१ जनाको मृत्यु भईसकेको छ ।

त्यसै गरी अमेरिकामा ५ सय ६५ जनाको मृत्यु भएको छ । अमेरिकामा मृत्यु हुनेको सख्या ३ हजार १ सय ४८ जनाको मृत्यु भएको छ । अहिले सम्म अमेरिकामा १ लाख ६३ हजार जना संक्रमित भएका छन् भने अहिले सम्म १९ हजार ९ सय ८८ जना नयाँ संक्रिमत थपिएका हुन् ।

विश्वभर ७ लाख ८४ हजार ३ सय ८१ जना संक्रमित भएका छन् । विश्वमा संक्रमित भएका मध्ये १ लाख ६५ हजार ३५ जना निको भएर घर फर्किएका छन् ।

कमेन्टहरु
Loading...