कोरोनाबाट मृतकको संख्या २१ हजार बढि पुग्यो, भारतमा १२ जनाको मृत्यु

197

पोखरा, १३ चैत / एकै दिन इटालीमा ६ सय ८३ र स्पेनमा ६ सय ५६ जनाको मृत्यु भए पछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१ हजार २ सय पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर २ हजार ३ सय ६ जना मृत्यु भएको छ ।

सबैभन्दा बढी इटालीमा ६ सय ८३ र स्पेनमा ६ सय ५६ जनाको मृत्यु भएको हो । फ्रान्समा २३१ र अमेरिकामा १६४, इरानमा १ सय ४३ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको उदगम देश चीनमा भने ६ जनाको मृत्यु भएको छ । चीनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ८७ पुगेको छ । चीनमा सबैभन्दा धेरै ८१ हजार २ सय ८५ जना संक्रमित छन् ।

स्पेनमा मृतकको संख्या आश्चर्य जनक रुपमा बढेको छ । स्पेन धेरै मृत्यु हुने देशहरुको सूचीमा दोस्रो स्थानमा छ । स्पेनमा ३ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ । यो चीनको भन्दा ३ सय ६० ले बढी हो ।

सबैभन्दा धेरै मानिसको मृत्यु भएको देशको सूचीमा भने इटली छ । इटलीमा ७ हजार ५ सय ३ जनाको मृत्यु भएको छ । इटालीमा अहिले सम्म ७४ हजार ३ सय ८६ जनामा संक्रमण देखीको छ भने पछिल्लो २४ घण्टा मात्रै ५ हजार २ सय १० जना नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकामा ११ हजार १ सय ९२ जना नयाँ संक्रमित थपिएका छन् भने ९ सय ४४ जनाको मृत्यु भएको छ । अहिले सम्म ६६ हजार ४८ जनामा संक्रमण भेटिएको छ । नेपालको अर्को छिमेकी देश भारतमा मृतको सख्या १२ जना पुगेको छ । बुधबार २ जनाको मृत्यु भए सगैँ १२ पुगेको हो ।

भारतमा १ सय २१ जना नयाँ संक्रमित भेटिएका छन् भने संक्रकितको सख्या ६ सय ५७ जना पुगेको छ । विश्वमा संक्रमितको सख्या ४ लाख ६८ हजार ९ सय ५ पुगेको छ भने उपचार पछि सन्चो भएर १ लाख १४ हजार २ सय १८ जना घर फर्किएका छन् ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Comments are closed.