कोरोनाबाट संक्रमणबाट भारतमा मृत्यु हुनेको सख्या ११ पुग्यो

एजेन्सी / कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको सख्या ११ जना पुगेको छ । बुधबार बिहान १ जनाको मृत्यु भए पछि मृत्यु हुनेको सख्या ११ पुगेको हो । भारतमा २६ जनामा नयाँ संक्रमण देखिएको छ भने अहिले सम्म सक्रमित हुनेको सख्या ५ सय ६२ पुगेको छ ।

बुधबार विहान सम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ४ लाख २२ हजार ५ सय ६६ पुगेको छ । त्यस्तै मृत्यु हुनेहरुको संख्या १८ हजार ८ सय ८७ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर २ हजार ३ सय ७३ जनाको मृत्यु भएको छ । यो एक दिन मृत्यु हुनेको सख्या अहिले सम्म कै धेरै हो ।

त्यसमध्ये सबैभन्दा बढी इटालीमा एकैदिन ७ सय ४३ जनाको मृत्यु भएको छ भने स्पेनमा ६ सय ८० जनाको मृत्यु भएको छ । फ्रान्समा २ सय ४० जना, अमेरिकामा २ सय २२ जनाको मृत्यु भएको छ ।

इरानमा चौबिस घण्टामा १ सय २२ जनाको मृत्यु भएको छ भने बेलायतमा ८७ र नेदरल्यान्डस्मा ६३ जनाको मृत्यु भएको छ । नेपालको अर्को छिमेकी देश भारतमा मृत्यु हुनेको सख्या १० जना पुगेको छ । संक्रमित भएकाहरु मध्ये १ लाख ८ हजार ३ सय ८८ जना निको भएर घर फर्किएका छन् ।

कमेन्टहरु
Loading...