कोरोनाबाट संक्रमित संख्या ३ लाख बढि, इटलीमा स्थिति भयावह, एकै दिन गयो ७९३ को मृत्यु

एजेन्सी
कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ३ लाख नाघेको छ । अहिले सम्म ३ लाख ७ हजार ६ सय १३ जना पुगेको छ । चीन, इटली, इरान स्पेनमा सर्वाधिक धेरै संक्रमित देखिएका छन् ।

अहिले सम्म विश्वभर १३ हजार ६४ जनाको मृत्यु भइसकेको छ । सबै भन्दा बढि इटलीमा ४ हजार ८ सय २५ को मृत्यु भएको छ । शनिबार मात्रै इटलीमा ७ सय ९३ जनाको मृत्यु भएको छ ।

अमेरिकामा हालसम्म यस भाइरसको संक्रमणबाट ३ सय २ जनाले ज्यान गुमाइसकेका छन् । बेलयातमा पनि यसबाट संक्रमित हुनेको संख्या ५ हजार १८ पुगेको छ भने २ सय ३३ जनाले ज्यान गुमाइसकेका छन् ।

नेपालका छिमेकी देश चीनमा ३ हजार २ सय ६१ जनाले ज्यान गुमाएका छन् भने भारतमा ५ जनाको ज्यान गइसेको छ । भारतमा संक्रमण बढ्दै गएको छ । ३ सय ३२ जनामा संक्रमण देखिएको छ । चीन पछि बढि मृत्यु हुनेको सुचिमा इरान रहेको छ ।

इरानमा १ हजार ५ सय ५६ जनाको मृत्यु भएको छ । स्पेनमा पनि १ हजार ३ सय ७८ जनाको मृत्यु भएको छ । अहिले सम्म संक्रमण भएका मध्ये ९५ हजार ८ स २६ निको भएर घर फर्किसकेका छन् ।

कमेन्टहरु
Loading...