कोरोनाबाट बेलायतमा स्याङजाका थप एक नेपालीको मृत्यु, अहिलेसम्म ८ नेपालीको मृत्यु

एजेन्सी / कोरोना भाइरसको संक्रमणबाट बेलायतमा भूपू क्विन्स गोर्खाका नेपालमा स्याङजा घर भएका याम बहादुर मल्लको निधन भएको छ । बेलायतको स्वीन्डनमा बस्दै आएका उनको शनिबार बिहान कोरोना संक्रमणका कारण निधन भएको हो ।

स्वास्थ्यस्थिति कमजोर बन्दै गएपछि उनलाई चार दिन अगाडि स्वीन्डनस्थित ग्रेट वेष्टर्न हस्पिटलमा भर्ना गरिएको थियो ।

उनलाई ज्वरो आउने, रुघाखोकी, डाइरिया तथा बमिटिंग लगायतको समस्या उत्पन्न भएपछि हस्पिटल लागिएको र ४८ घण्टापछि कोरोनाको पुष्टि भएको थियो ।

सन् २००४ देखि बेला बस्दै आएको उनको स्याङ्जा जिल्लाको वालिङ घर हो । कोरोना भाइरसका संक्रमणबाट बेलायतमा ८ जना नेपालीले ज्यान गुमाइ सकेका छन् ।

कमेन्टहरु
Loading...