अमेरिकामा कोरोना भाइरसबाट २० हजारभन्दा बढीको मृत्यु

कोरोना तस्बिर विविसिबाट
0 242

पोखरा, ३० चैत/ कोरोना भाइरस (कोभिड–१९) को कारण अमेरिकामा सबै भन्दा धेरै मृत्यु हुने मानिसको संख्या पुगेको छ ।

अमेरिकामा २० हजार ५ सय ७७ जनाको मृत्यु भएको छ भने ५ लाख ३२ हजार ८ सय ७९ जनामा संक्रमण देखिएको छ । यससँगै अमेरिकाले कोरोना भाइरसबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुनेमा इटालीलाई पछि पारेको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिका पछि मृत्यु हुने १९ हजार ४ सय ६८ जनाको मृत्यु भएको छ । स्पेनमा १६ हजार ६ सय ६ जनाको मृत्यु भएको छ भने संक्रमितको सख्या १ लाख ६३ हजार २७ जना छन् । इटलिमा १ लाख ५२ हजार २ सय ७१ जना संक्रमित भएका छन् ।

विश्वमा अहिले सम्म १७ लाख ७९ हजार ८ सय ६४ जना संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या १ लाख ८ हजार ७ सय ७९ जना पुगेको छ । अहिले सम्म ४ लाख २ हजार ७ सय ६५ जनाको निको भएर घर पर्किएका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको कारण अहिलेसम्म नेपालमा ९ जनामा संक्रमण देखिएको छ ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...