अमेरिकामा एकैदिन १,९६६ को मृत्यु, संक्रमितको संख्या चार लाख बढि

एजेन्सी
कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा १९ सय ६६ को मृत्यु भएको छ । यससँगै अमेरिकामा मृत्यु हुनेको सख्या १२ हजार ८ सय ३७ जना पुगेको छ ।

एकै दिन एक देशमा मृत्यु हुनेको सख्या यो अहिले सम्म कै धेरै हो । अमेरिकामा एकैदिन ३३ हजार ३ सय १९ जनामा संक्रमण देखिएको छ । हालसम्म ४ लाख ३ सय २३ जनामा संक्रमण देखिएको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ संक्रमितमध्ये ९ हजार १ सय ६९ को अवस्थामा गम्भीर छ भने २१ हजार ६ सय ७४ संक्रमित निको भएर घर फर्किएका छन् ।

विश्वभर मृत्यु हुनेको सख्या ८२ हजार १९ जनाको मृत्यु भएको छ । अहिले सम्म १४ लाख ३० हजार ५ सय १६ जना संक्रमित भएका छन् ।

कमेन्टहरु
Loading...