कोरोनाको खोप यसै वर्षको अन्त्यसम्म बजारमा आउनसक्ने

एजेन्सी/ कोरोना भाइरसविरुद्धको खोप चीनले यस वर्षको अन्त्यसम्म बजारमा ल्याउने सक्ने अनुमान गरिएको छ । चीनको मन्त्रीपरिषद्सँग जोडिएको सरकारी निकाय स्टेट काउन्सिलले यस्तो जानकारी दिएको हो ।

वुहान वायोलिजिकल प्रोडक्टस् रिसर्च इन्सिट्यूट र बेइजिङ प्रोडक्ट्स रिसर्च इन्सिट्यूटले संयूक्त रूपमा विकास गरिरहेको यो खोपको चिकित्सकीय तथा मानवीय परीक्षणको दुई चरण पूरा भइसकेको जनाएको छ ।

चीनको सरकारी स्वामित्वमा रहेको ’एसेट सुपरभिजन तथा प्रसाशनिक कमिसन’ले चिनियाँ सामाजिक संजाल विच्याटमा खोप वर्षको अन्त्यसम्म उपलब्ध हुने घोषणा गरेको छ ।

हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार यी दुबै संस्थाहरू चीनको सरकारी स्वामित्वमा रहेको औषधि निर्माण कम्पनी ’सिनोफार्म’ सँग सम्बन्धित छन् ।

२ हजार बढी मानिसमा पहिलो दुई चरणको परीक्षण गरि सकेको छ । यो वर्षको अन्त्यसम्म वा अर्को वर्षको सुरूवातसम्म खोप बजारमा आउन सक्ने घोषणामा भनिएको छ ।

खोप परीक्षणका दुई चरणबाट प्राप्त तथ्यांकले अन्य खोपको भन्दा सुरक्षा र असरका हिसाबले अझ राम्रो छ ।

हाल विश्वभर सय भन्दा बढी खोपको विकास भइरहेको छ र चीनमा मात्रै ५ वटा कोरोना खोपको परीक्षण र विकास चलिरहेको छ ।

कमेन्टहरु
Loading...