चट्याङका कारण एकै दिन भारतमा १०७ को मृत्यु

एजेन्सी / भारतमा चट्याङका कारण एकै दिन १ सय ७ जनाको मृत्यु भएको छ । बिहारका ८३ र उत्तर प्रदेशमा २४ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्येमहरुले जनाएका छन् ।

भारतको मौसम विभागले बिहारमा अबको तीनदिनसम्म भारी वर्षा हुने चेतावनी जारी गरेको छ ।
मौसम विभागले भारती वर्षा र क्षतीको आशंका जताएको छ ।

भारी वर्षाका कारण जन धनको क्षती हुने, तल्लो स्थान जलमग्न हुने, यातायात र विजुली आपूर्ती अवरोध हुने र नदीको जलस्तरमा वृद्धि हुनसक्ने चेतावनी दिइएको छ । शुक्रबारका लागि राज्यका लगभग १० जिल्ला रेड जोन घोषित गरिएको छ ।

चट्याङ लागेर मृत्यु हुनेहरुलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदना प्रकट गरेका छन् । त्यसै गरि कांग्रेस नेता राहुल गान्धीले पनि यस घटनामाथि दुःख व्यक्त गरेका छन् ।

मुख्यमन्त्री नितिश कुमारको कार्यलयको तर्फबाट जारी प्रेस विज्ञप्तिमा चट्याङका कारण मृत्यु भएकाहरुका लागि समवेदना व्यक्त गरिएको छ । मुख्यमन्त्रीले मृतकको प्रत्येक परिवारलाई चार लाख प्रदान गरिने जानकारी समेत दिए ।

कमेन्टहरु
Loading...