बेलायती सशस्त्र बल मन्त्री यसै साता नेपाल आउने

माघ २२ । बेलायती आर्मड फोर्सेस मन्त्री मार्क ल्यानक्यास्टरले यसै साता नेपाल भ्रमण गर्ने भएका छन् । गत वर्ष संसदमा ब्रेक्जिट बहसले व्यस्त हुनुपरेको जनाउँदै अन्तिम समयमा भ्रमण रद्द गरेका उनले यही ९ देखि १३ फेब्रुअरीसम्म नेपाल भ्रमण गर्न लागेका हुन् ।

आजको कान्तिपुर दैनिकमा खबर छ- मन्त्री ल्यानक्यास्टरका साथ ब्रिटिस आर्मी चिफ अफ जनरल स्टाफ निकोलस कार्टरसमेत रहनेछन् ।

लन्डनस्थित नेपाली दूतावास स्रोतका अनुसार मन्त्रीले नेपालमा रहँदा सरकारका उच्चपदस्थ पदाधिकारीलाई भेट्नुका साथै गोर्खाहरूको एटेस्टेसन परेड (भर्ती भएर बेलायत आउन लागेका गोर्खाको परेड) अवलोकन गर्ने कार्यक्रम छ ।

कमेन्टहरु
Loading...