भारतीय धर्मगुरु बलात्कारी ठहरिएपछि तनाव, २८ को मृत्यु, २५० घाइते

भारत,  ९ भदौ / भारतका स्वघोषित आध्यात्मिक धर्मगुरू गुमरित राम रहिम सिँहलाई लामो समयपछि अदालतले बलात्कारमा दोषी ठहर गरेको छ । हरियाणाको पञ्चकुला स्थित केन्द्रीय जाँच ब्यूरोको विशेष अदालतले ‘डेरा सच्चा सौदा’ अभियानका प्रमुख समेत रहेका रहिमलाई बलात्कारमा दोषी ठहर गर्दै आज जेल पठाउने निर्णय गरेको हो ।

उनले भोग्नुपर्ने जेल सजायको समय भने अदालतले सोमबार तोक्ने उल्लेख गरेको छ ।त्यतिन्जेल सम्म रहिमलाई प्रक्राउ गरी सेनाको पुर्वी कमान्ड मुख्यालय स्थित सैनिक हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।सिंहलाई विशेष अदालतले बलात्कार मुद्दामा दोषि ठहर गरेपछि हरियाणा, दिल्ली, पञ्जाव र उत्तर प्रदेशका विभिन्न ठाउँमा हिंसात्मक प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा अहिलेसम्म २८ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन्  । दुई सय ५० जना घाइते भएका छन् ।

प्रदर्शनकारीले सञ्चार माध्यमका प्रत्यक्ष प्रसारण गरिरहेका गाडीमा समेत तोडफोड र आगजनी गरेका छन् । हरियाणाको धार्मिक संगठन डेरा सच्चा सौदाका प्रमुख समेत रहेका गुरुमित रामरहिम सिंहमाथि हत्या, बलात्कार तथा जवर्जस्ती परिवार नियोजना गराएको आरोप लागेको थियो ।

कमेन्टहरु
Loading...