अस्ट्रेलियामा पीआरका लागि नयाँ नियम, यस्ता नयाँ नियम

हेमन्त काफ्ले
सिड्नी, ७ चैत /आप्रवासी संख्या घटाउने सरकारको योजना अस्ट्रेलियाले हरेक वर्ष दिँदै आएको सुविधा घटाउने निर्णय गरेको छ । गत वर्षदेखिनै चर्चा हुँदै आए पनि अहिले आएर उक्त योजनाले औपचारिकता पाएको हो ।

प्रधानमन्त्री स्कट मोरिशनले पीआर पाउनेहरुको संख्या ३० हजारले घटाउने घोषणा गरेका छन् । यो सँगै साथ वार्षिक रूपमा अस्ट्रेलिया भित्रिने स्थायी आप्रवासीको संख्यालाई आगामी ४ वर्षका लागि प्रति वर्ष १ लाख ९० हजारबाट अब १ लाख ६० हजारमा सिमित गरिने भएको छ ।

सिपयुक्त कामदारलाई देशको ग्रामीण क्षेत्रमै कम्तीमा ३ वर्षसम्म बसेपछि मात्र स्थायी भिसाको लागि आवेदन हाल्न पाउने प्रावधान पनि लागू हुनेछ । पछिल्लो भिसा नीतिको प्रधानमन्त्री मोरीशनले बचाव गर्दै जनसङ्ख्या व्यवस्थापन, संरचना विकास र भिडभाड कम गर्ने योजना अन्तर्गत नीति ल्याईएको स्पष्ट पारे ।

‘देशको आर्थिक विकासमा जनसङ्ख्याले महत्त्वपूर्ण भूमिका निभाएको छ, तर यदि जनसङ्ख्यालाई सही रूपमा व्यवस्थापन नगरिए त्यसले आर्थिक विकासलाई बिगार्न सक्छ’, प्रधानमन्त्री मोरिशनले भने।

यस्ता छन् नयाँ नियम

सिड्नी र मेलबर्नजस्ता सहरका संरचना र यातायात सेवामा बढेको दबाबलाई कम गर्न भन्दै सकरारले सिपयुक्त कामदारलाई देशका ग्रामीण स्थानमा बस्न सहयोग गर्न २ नयाँ प्रकारका भिसाको पनि सुरुवात गर्ने भएको छ ।

नयाँ ग्रामीण भिसाहरूका लागि २३ हजार स्थान छुट्याइने छ । तीन गुणाको सङ्ख्यामा भएको उक्त वृद्धिका साथ स्थायी भिसाको लागि आवेदन हाल्न अब आप्रवासीहरूले दुईको सट्टा तीन वर्ष पर्खनुपर्ने छ ।

जनसंख्या मन्त्री एलन टजले भनेका छन् । हाल ग्रामीण अस्ट्रेलियामा झन्डै ४७ हजार स्थानहरू भर्न कामदारहरू चाहिएका छन् । ‘केही ग्रामीण स्थानमा उपलब्ध कामका लागि कामदारनै नभेटिने अवस्था रहेको छ’, टजले बताए।

रोजगारदाताले प्रायोजन गरिने सिपयुक्त आप्रवासीको सङ्ख्या ९ हजार रहने छ भने राज्य र प्रदेशहरूले प्रयोजन गर्ने योजनाका साथ १४ हजार आप्रवासी स्थान कायम गरिनेछ।

स्थानीय र अन्तर्रा्ष्ट्रिय विद्यार्थीलाई ग्रामीण स्थानमा रहेका विश्वविद्यालयमा आकर्षित गर्न सरकारले एक हजार जनालाई १५ हजार डलरसम्मको छात्रवृत्ति पनि प्रदान गर्ने छ।

साथै, ग्रामीण विश्वविद्यालयहरूबाट आफ्नो पढाइ सक्ने अन्तर्रा्ष्ट्रिय विद्यार्थीहरूलाई थप एक वर्षको काम गर्न समय पनि दिईने भएको छ ।

 

https://setopati.com/global/australia/177416

कमेन्टहरु
Loading...