स्पाइडरम्यान र हल्कका पिता स्ट्यान लीको निधन

काठमाडौँ,२७ काक्तिक । अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्वप्रमुख स्ट्यान लीको ९५ वर्षको उमेरमा निधन भएको छ। सन् १९६१ मा लीले मार्भल कमिक्सका लागि द फ्यान्टास्टिक फोरुको रचना गरे अनि स्पाइडरम्यान र द इन्क्रेडिबल हल्क शीर्षक अन्तर्गत कमिक लेखे।लस एन्जलसस्थित सिडर साइनाइ मेडिकल सेन्टरमा कमिक पुस्तकका बहुचर्चित लेखकको निधन भएको परिवारले जनाएको छ। लीको पाव इन्टरटेन्मेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पप संस्कृतिका पिता लीले पात्रहरूको ब्रह्माण्ड सिर्जना गरेकोमा उनको प्रशंसा गरे।प्रमुख कार्यकारी अधिकृत शेन डफीले लीसँग तुलना गर्न सकिने अर्को व्यक्ति नभएको बताए।

लीकी श्रीमती जोआनको ९५ वर्षको उमेरमा सन् २०१७ मा निधन भएको थियो। उनीहरूकी एकमात्र छोरी जेसी ली छिन्।मनोरञ्जनात्मक समाचार पस्कने टीएमजी वेबसाइटसँग कुरा गर्दै जेसी लीले आफ्ना बुवा एकदमै भद्र व्यक्तिु भएको बताइन्। समाचार संस्था रोयटर्सलाई उनले भनिन्, मेरा बुवाले आफ्ना प्रशंसकहरूका लागि रचना गरिरहनुपर्ने दायित्व महसुस गर्नुभयो। पछिल्ला वर्षहरूमा निमोनियाँ लगायतका रोगबाट ली ग्रसित हुँदै आएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

कमेन्टहरु
Loading...