बलिउड अभिनेता अरमान कोहली पक्राउ परेको २० घण्टापछि उनकी प्रेमिकाले आफ्नो उजुरी फिर्ता लिएकी छिन्।

अरमानसँग लिभ इन टुगेदरमा रहेकी प्रेमिका नीरु रंधावामाथि कुटपिट गरेको आरोपमा प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको थियो। प्रेमिकाले आफूलाई अरमानले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्।

             नीरुको उजुरीका आधारमा प्रहरीले अरमानलाई पक्राउ गरेर अनुसन्धानका लागि राखेको थियो। तर पक्राउ परेको २० घण्टापछि अरमान विरुद्ध हालेको उजुरी नीरुले आफै फिर्ता लिएकी छिन्। अरमानका वकिल लक्ष्मी रमनले नीरु र अरमानबीच अदालत बाहिर मुद्दा मिलाइएको बताएका छन्।

             अरमान कोहलीमाथि प्राय प्रेमिकामाथि कुटपिटको आरोप लाग्ने गरेको छ। लिभ इन टुगेदरमा रहेकी प्रेमिकामाथि कुटपिट गरेका कारण पछिल्लो समय यिनको चर्चा छ।

             पछिल्लो समय नीरुलाई घाइते हुनेगरी कुटपिट गरेका अरमानमाथि यसअघि पनि प्रेमिका कुटपिट गरेको आरोप लागेको थियो।