ट्र्म्प र किम जोङ उन आउँदो महिना भेट्ने

             काठमाडौं,२५ फागुन । शत्रुतापूर्ण सम्बन्धबाट गुज्रिरहेका अमेरिका र उत्तर कोरियाबीच संवाद हुने भएको छ ।

             उत्तर कोरियाली नेता किम जोङले दक्षिण कोरियामार्फत छलफलका लागि गरेको प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकारेपछि दुई देशबीच संवादको ढोका खुलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

             दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुँग इयु योङले ह्वाईट हाउसमा भनेका छन् ‘आउदो मे महिनामा ट्रम्पले किम जोङ उनसँग भेटदैछन् ।’

             चुँगको भनाइ अनुसार, किमले भविष्यमा परमाणु बम एवं मिसाइल टेस्ट नगर्ने आश्वासन दिएका छन् ।

             यो घोषणा दक्षिण कोरियाली प्रतिनिधीमण्डलको यसै हप्ता उत्तर कोरियाका नेतासँग संवाद भएपछि भएको हो ।

             एक प्रेस वार्तामा दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकारले भनेका छन्, ‘हामीले राष्ट्रपति ट्रम्पलाई भनेका छौं किम जोङ उन परमाणु निसस्त्रीकरणमा प्रतिबद्ध छन् ।

             सो जानकारीको जवाफमा राष्ट्रपति ट्रम्पले मेमा किम जोङ उनसँग भेटेर स्थायी परमाणु निसस्त्रीकरण हासिल गर्ने बताएका छन् ।

             उत्तर र दक्षिण कोरियाबीच विन्टर ओलम्पिकपछि सम्बन्ध सुधारको सम्भावना देखिएको थियो ।

कमेन्टहरु
Loading...