घर भत्किँदा ८ बालबालिकाको मृत्यु, ४ घाइते

इस्लामावाद, २५ असोज । पाकिस्तानमा बिहीबार भएको एक घटनामा परी कम्तीमा आठ बालबालिकाको मृत्यु भएको छ । पाकिस्तानको सिन्ध प्रान्त अन्तर्गत पर्ने सुख्खुरमा एउटा घर भत्केर पुरेपछि उनीहरुको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
घटनामा परी अन्य चार बालबालिका घाइते समेत भएको अधिकारीहरुलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । संवाददाताहरुका अनुसार मृत्यु भएका र घाइते भएका ती बालबालिकाहरु भत्किएको घर नजिकै खेलिरहेका थिए ।

घर भत्किए लगत्तै स्थानीय बासिन्दाले उनीहरूलाई बाहिर निकालेका थिए । उद्धार कार्यमा सरकारी उद्धारकर्ताहरू पुग्न सकेका थिएनन् । घटनामा परेका सवैलाई स्थानीयबासिन्दाले तत्काल स्थानीय अस्पतालमा पु¥याएका थिए । ती मध्ये आठ जनालाई अस्पतालले मृत घोषणा गरेको थियो ।
मृत्यु भएका मध्ये छ जना बालक रहेका छन् भने दुई जना बालिका छन् । उनीहरु सवै १२ बर्ष भन्दा कम उमेरका भएको समाचारमा जनाइएको छ ।

कमेन्टहरु
Loading...