करन जोहरले रिजेक्ट गरेका कपडा लगाउने हिरो

चर्चित टेलिभिजन सो कफी वीद करणको आगामी श्रृंखलामा अक्षयकुमार र रणवीर सिंह गेष्टका रुपमा सहभागि हुँदैछन् । कार्यक्रममा जानु पूर्व रणवीरले करण जोहर र उनी बीचको केही सेक्रेट खुलाएका छन् । फंकी फेशनका लागि परिचित रणवीरसँग करणले दिएका कैयौ कपडा रहेका छन् । सपिङमा निकै रुची राख्ने करण मन पराएर किनिएका कति कपडा घर पुगे पछि मनै पराउँदैनन् । घरमा किनेर लगे पछि यसरी रिजेक्ट गरिएका कपडा उनी रणवीरलाई दिने गर्छन् ।

करण देश विदेश जाँदा निकै महंगा कपडा किन्ने गर्छन । तर कुरा त्यही हो, मन पराएर घर ल्याएका कपडा जब उनलाई मन पर्दैन, अनि तुरुन्तै रणवीरलाई बोलाएर जिम्मा लगाउँछन् ।

अहिलेसम्म करणले रणवीरलाई कति कपडा दिइसके लेखाजोखा नै छैन भन्दा पनि हुन्छ । जसमा एउटा फंकी ट्रयाक सुट पनि पर्छ । करणले मन नपराए पछि रणवीरलाई दिएको त्यो फंकी ट्रयाक सुटको मुल्य ५ लाख ६० रुपैयाँ थियो ।

कमेन्टहरु
Loading...