एक महिला यात्रीले बस चलाई रहेका ड्राइभरलाई झापड दिदा गयो १३ जनाको ज्यान

काठमाडौँ । चिनमा एउटा यस्तो डरलाग्दो दुर्घटना भएको छ । समाचारका अनुसार बसमा यात्रा गरिरहेकी महिलाले उनको स्टेसनमा उत्रिन भुलिन । जब सम्झीइन बसले स्टेसन पार गरिसकेको थियो । तर जिद्दी ती महिलाले बस ड्राइभरलाई बस तत्काल रोक्न भनिन । चिन जस्तो ल एण्ड अर्डर भएको देशमा ड्राइभरले जहा चाह्यो त्यहि बस रोक्न सक्ने स्थिति थिएन । यहि विषयलाई लिएर उनीहरु बीच थप विबाद बढ्छ । विवाद यति सम्म कि महिलाले ड्राइभरलाई झापड हान्छिन । त्यसको बदलामा ड्राइभरले पनि हात फर्काउछन । तत्कालै बसले आफ्नो नियन्त्रण गुमाउन पुग्छ र बस रोड क्रस गरेर पुलबाट नदिमा खस्छ ।

यो घटना हो चिनको चोङकिङ शहरको । घटना गत अक्टोबर २८ तारिख भएको थियो । उक्त दुर्घटनामा परी कम्तिमा १३ जनाको ज्यान गएको छ ।

कमेन्टहरु
Loading...