काठमाडौं, १५ साउन/ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्री नियुक्त भएका छन् ।
उनको आजै बुधबार नै ४ बजे सपथ लिने तयारी भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईको सपथ हुनेछ ।
तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परि निधन भएपछि पर्यटनमन्त्रालय प्रधानमन्त्री ओली आफैंले चलाउदै आएका थिए ।
पर्यटन मन्त्रीमा नियुक्त भएपछि उनलाई सामाजीक सञ्जालमा शुभकामना आएका छन् ।