नेपाल भ्रमण वर्षको प्रवद्र्धनमा पोखरेली युवाहरु

पोखरा, २२ साउन / नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा पोखराका युवाहरु प्रवद्र्धनमा लागेका छन् । पोखराको रोट्¥याक्ट क्लब अफ पोखरा लेकसाइडले समेत भ्रमण वर्षको प्रवद्र्धनमा विविध कार्यक्रमहरु गर्ने लागेको हो ।

क्लबले भ्रमण वर्षको सन्दर्भमा क्लबले एक दिने पदयात्रा समेत सम्पन्न गरेको छ । पोखराको लेकसाइडबाट विश्व शान्ति स्तुपसम्म गरिएको पदयात्रामा पोखराका करिब ३० जना युवाहरुले सहभागिता जनाएका थिए । नेपालको राष्ट्रिय झण्डा सहित शुरु भएको पदयात्राका क्रममा युवाहरुले भ्रमण वर्षको पोष्टर तथा पर्चाहरु वितरण गरिएको कार्यक्रम संयोजक मदन क्षेत्रीले बताए ।

पदयात्राको क्रममा रानीवनमा क्लवको नियमित बैठक समेत सम्पन्न गरी विभिन्न निर्णयहरु गरिएको अध्यक्ष युदिप सुवेदी क्षेत्रीले बताए । उनका अनुसार नेपालमा पर्यटकहरुको संख्या वृद्धि भइरहँदा त्यसले पोखरालाई सबैभन्दा बढि लाभ मिल्ने हुनाले उनीहरु यसको प्रवद्र्धनमा लागिरहेका छन् ।

क्लवले आगमी दिनमा यस्ता पदयात्राहरु निरन्तर गर्ने, क्लवका सदस्यहरुले सामाजीक संजालहरु मार्फत यसको प्रचार प्रसार गर्ने, क्लवका सबै कार्यक्रमहरुमा नेपाल भ्रमण वर्षको प्रचार प्रसार गर्ने तथा यसको प्रचार प्रसारका लागि देशका विभिन्न ठाउँहरु र विदेशमा समेत कार्यक्रम गर्ने तयारी क्लवले गरेको छ ।

क्लवको नियमित प्रकाशनहरुमा समेत नेपाल भ्रमण वर्षको बारेमा जानकारी समावेश गरिएको र सो प्रकाशनहरु समेत कार्यक्रमहरुमा वितरण गरिने क्लवकी सचिव रोशनी विश्वकर्माले बताइन् ।

कमेन्टहरु
Loading...