एमालेले पोखरा महानगरको मेयरका लागि जिसि र थापा विजयी

पोखरा, ८ बैशाख/नेकपा एमाले कास्कीले पोखरा–लेखनाथ महानगरपालिकाको मेयर र उपमेयरका आकांक्षी धेरै भएपछि उमेद्वार छनौट निवाचनबाट भएको छ । पछिल्लो परिणा अनुसार मानबहादुर जिसि र कृष्ण थापा  छनौट भएका छन् ।

मेयरका लागि ७ जना र उपमेयरका लागि ७ जना आकांक्षी भए पछि निर्वाचनबाटै उमेद्वारको छनौट गरेको हो । मानबादुर जिसिले २ सय ३१ कृष्ण थापा २ सय १० र श्रीनाथ बरालले १ सय ११ मत ल्याएका छन् । महिला तर्फबाट भने मित्रकुमारी सुबेदी निविरोध भएकी छन् । मेयरका लागि निवार्चनमा लड्का ७ जनाबाट २ जना छनौट हुने छन् ।

त्यसै गरि उपमेयर तर्फ प्रभा कोइराला, अग्रपंतिमा छन् । मन्जु गुरुङ र देवका पहारीले दोस्रो र तेस्रो स्थान हासील गरेका छन् . पोखरा लेखनाथ महानगर समन्वय समितिका ४ सय ५७ जना मतदाता मध्ये ३ सय ९९ मत खसेको थियो ।

कमेन्टहरु
Loading...