‘एमालेको निर्देशनमा कुटपिट भएको छैन’

पोखरा, २९ वैशाख / रुपा गाउँपालिका वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रकी महिला उम्मेदवार पद्मा गुरुङलाई एमालेको निर्देशनमा उनका श्रीमानले कुटेको भन्ने समाचारप्रति एमाले रुपा गाउँपालिका कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गाउँपालिका वडा नम्बर ५ संगठन कमिटीका अध्यक्ष टेकबहादुर गुरुङ र रुपा गाउँपालिका कमिटीका सहसंयोजक नवराज ओझाले संयुक्त विज्ञप्ति जारी गरी पारिवारिक घटनालाई राजनीतिक बनाएर आापूmहरुलाई बदनाम गराउन खेजिएको भन्दै आपत्ति जनाएका छन् । ‘घटनाको बारेमा सत्य, तथ्य नबुझी अतिरञ्जित तरिकारले केही सञ्चार माध्यमले समाचार सम्प्रेषण गरेकोमा भत्र्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

पद्मा गुरुङ कुटिएको घटनामा आफूहरुको र नेकपा एमालेको कुनै सम्लग्नता नरहेको जानकारी गराउँदै विज्ञप्तिमा नियोजित रुपमा आएको भ्रामक समाचारप्रति खेद व्यक्त गरिएको छ । घटनाको वास्तविकता बुझेर समाचार सम्प्रेषण गर्न पनि सञ्चार माध्यमलाई विज्ञप्तिमा आग्रह गरिएको छ ।

घाइते पद्मा गुरुङले भने बिहीबार संचारकर्मी सगँ उमेद्वारी फिर्ता नलिएको भन्दै रुपा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्षका एमाले उम्मेदवार टेकबहादुर गुरुङको निर्देशनमा याम बहादुरले श्रीमतती पद्लाई कुटपिट गरेको बताएकी थिइन् । टेकबहादुर पद्का जेठाजु हुन् । कुटिएकी पद्माको टाउकोमा गम्भीर चोट लागेको छ भने दाहिने हात भाँच्चिएको छ ।

कमेन्टहरु
Loading...