जनताका समस्याको तत्काल सम्बोधन हुन्छः जिसी

पोखरा, २३ वैशाख/पोखरामहानगर पालिकामा नेकपा एमालेका उम्मेद्वारहरु जनतासँग मत माग्न व्यस्त छन् । वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा आफ्नो पक्षमा जनतम बनाउन उम्मेद्वारसहित एमालेका नेता, कार्याकता चुनावी प्रचारमा जुटेका छन् । विभिन्न वडाहरुले घरदैलो, ¥याली, कोण सभा गरिरहेका छन् भने मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङले चुनावी तालिका बनाएर भोट माग्न व्यस्त छन् । शनिबार उनीहरुले वडा नम्बर २६, २७, २९, ३० र ३१ नम्बर वडामा पुगेर एमालेलाई जिताउन आग्रह गरेका छन् ।

पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेबाट मेयर पदका उम्मेद्वार मानबहादुर जिसीले जनतालाई अनुभूति हुने गरी महानगरको सेवा प्रभावलाई प्रभावकारी बनाउन आवश्यक भएको बताएका छन् । ‘सिंह दरवारबाट गाउँ÷नगरमा आएको अधिकारलाई जनताले महसुस गर्ने गरी कार्यान्वयन गर्नु अहिलेको चुनौती हो,’ उनले भने,‘जनता मैत्री स्थानीय सरकरबाट मात्र महानगरको समृद्धि सम्भव छ, त्यसको लागि एमालेलाई जिताउन आग्रह गर्दछु ।’ चुनावी प्रचार तालिका बनाएर जनतासँग मत माग्न व्यस्त रहेका जिसीले वडा नम्बर २६,२७,२९,३० र ३१ नम्बर वडाका जनतासँग शनिबार उनले आफू मेयरमा विजयी भएमा नवीनतम प्रविधिको प्रयोग गरी जनताका गुनासा र समस्यालाई तत्काल समाधान खोज्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

दिनहँुजसो आउने जनताको गुनासा र समस्यालाई तत्काल समाधान गर्न संयन्त्र निर्माण गर्नुपर्छ,’ उनले भने,‘ सडकमा खाल्डो प¥यो भने २४ घन्टामै त्यसलाई मर्मत गर्ने टिम महानगरमा हुनुपर्छ, तत्काल सम्बोधन भए मात्र जनताले महानगरवासी भएको अनुभूति गर्नेछन्, त्यसप्रति एमाले सचेत छ ।’ जिसीले पोखरालाई पर्यटन, शिक्षा, स्वास्थ्य, मनोरञ्जनको प्रमुख केन्द्रको रुपमा विकास गर्नुका साथै इ गभर्नेस सेवासहितको सूचना प्रविधिमा आधारित स्मार्ट सहर बनाउन आफू लागि पर्ने बताए । उनले आफू विजयी भएमा ६ महिनामा आम मतदाताको सुुझावलाई समेट्दै पोखराको विकासको लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने बताए ।

उममेयरका उम्मेद्वार मन्जुदेवी गुरुङले समाजमा रहेका सबै प्रकारका विभेदको अन्त्य गरी नागरिकलाई क्षमता अनुसारको रोजगारी उपलब्ध गराउने योजना एमालेको रहेको बताइन् । उनले भनिन्,‘ वेरोजगारलाई भत्ता उपलब्ध गराई समृद्ध र समुन्नत सहर बनाउन लागि पर्नेछु ।’ पोखरालाई सुविधा सम्पन्नसहितको उत्कष्ट पर्यटकीय गन्तव्य बनाएर आर्थिक समृद्धि हासिल गर्ने योजना एमालेले ल्याएको उनको भनाइ छ । समग्र पोखराको विकास र जनता जीवनस्तर उकास्नको लागि एमालेलाई जिताउन उनले आग्रह गरिन् ।

कार्यक्रममा नेकपा एमाले प्रदेश नम्बर ४ का इन्चार्ज किरण गुरुङले एमालेले जिते मात्र पोखरा विकास सम्भव भएको बताए । उनले भने,‘ एमालेले अघि सारेका योजना पूरा भएपछि मात्र पोखरा अन्तर्राष्ट्रिय सहर बन्छ, त्यसका लागि स्थानीय तहमा एमाले सरकार अनिर्वाय सर्त हो ’ उनले कास्कीमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने दाबी समेत गरे । नेकपा एमाले सल्लाहाकार परिषद्का उपाध्यक्ष खगराज अधिकारीले एमालेको नेतृत्व मात्र स्थानीय तहको विकास सम्भव भएको दाबी गरे ।

मेयर र उपमेयरका उम्मेद्वार जिसी र गुरुङसँगै प्रत्येक वडाका अध्यक्ष, सदस्यका उम्मेद्वारसहित कार्यकता चुनावी प्रचारप्रसारका लागि घरदैलोमा सहभागी थिए । वडा नम्बर २६ मा वडाध्यक्षका उम्मेद्वार नारायण बराल, २७ कुमार गुरुङ, २९ का चेतबहहाुदर गुरुङ, ३० का श्रीराम पोखरेल र ३१ का अध्यक्ष कमलबहाुदर थापाले आफ्नो वडाको विकासका लागि योजनावद्ध रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । चुनावी प्रचार अभियानमा नेकपा एमाले प्रदेश कमिटी सदस्य श्रीनाथ बराल लगायतका केन्द्रीय तथा जिल्ला तहका नेता, कार्याकर्ता पनि भोट माग्न व्यस्त छन् ।

 

कमेन्टहरु
Loading...