तरुण दल कास्कीमा १५ सदस्य थपिए

पोखरा, १९ साउन/ नेपाल तरुण दल कास्कीमा मङगलबार १५ जना सदस्य मनोनयन गरिएको छ। तरुण दलका अध्यक्ष मनोज गुरुङले विधानको परिच्छेद ४ को १६ को ४ बमोजिम जिल्ला सदस्य मनोनयन गरेका हुन्।

अध्यक्ष गुरुङले मनोनित सदस्यहरुले दलको मर्म र भावना अनुसार काम गर्ने विश्वास व्यक्त गरेका छन्। मनोनित हुनेमा पोखरा –२० का लेखबहादुर केसी, कालिकाका भानु ढकाल, लेखनाथ–८ का विनोद लामिछाने, पोखरा–१५ का ललितबहादुर कुँवर, पोखरा – २८ का श्रीकृष्ण आचार्य, पोखरा–३ का रविन कायस्थ, पोखरा–२९ का प्रकाश त्रिपाठी छन्।

त्यसैगरी, पोखरा –१८ का जसबहादुर गुरुङ, ढिकुरपोखरीका विकास गुरुङ, पोखरा – ६ का खिमलाल पहारी, पोखरा – २ का गिरीबहादुर पुन, भदौरे तामांगीका आइन्दल गुरुङ, रिभानका चन्द्रमान गुरुङ, दाङसिङका माया शर्मा र पोखरा – ३ का जया अधिकारी छन्।

कमेन्टहरु
Loading...