गोर्खाजबारे पुस्तक लेख्न मेची महाकाली यात्रा

पोखरा, २८ भदौ/लेखक टिम आइ गुरुङको एक महिने मेची महाकाली खोज यात्रा बिहीबार पोखरामा समापन

गरिएको छ । दोस्रो विश्वयुद्ध र त्यसपछिका विभिन्न विद्रोहमा गोर्खा सैनिकका सहभागिता, वीरता र व्यथा

बुझ्न महिनादिन अघि लेखक गुरुङले थाल्नुभएको मेची महाकाली खोज—यात्रा पत्रकार सम्मेलन गरी पोखरामा

समापन गरिएको हो।

कास्की, धम्पुसमा जन्मेर र विगत चार दशकदेखि हङकङलाई कर्मथलो बनाउनुभएका लेखक टीम आई. गुरुङले

वेलायत, बर्मा, सिंगापुर र मलेशिया लगायतका मुलुकको अध्ययन भ्रमणपश्चात् गोर्खाली थाकथलो नेपालको

महिनादिने यात्रा गर्नुभएको थियो । भ्रमणको क्रममा खोजकर्ता गुरुङले २५ जिल्लाका एक सय वर्षसम्मका ५

महिला समेत सत्तरी जना निवृत्त सैनिकहरुसँग भेटवार्ता गरेको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।

युद्धका बेला १४÷१४ दिनसम्म जंगली झारपातका भरमा ज्यान धानेर घर फर्केकाहरु पनि भेटिए, पल्टनमा

विरामी भएपछि रित्तो हात फर्काइएकाहरु पनि पाएँ, लेखक.गुरुङले भन्नुभयो, दर्जनौ दस्तावेज पढिसकेपछि र

आधा दर्जन जति देशको अध्ययन भ्रमण गरेपश्चात् म यस निचोडमा पुगेँः यस विषयमा सोधखोज भएकै छैन,

यो अझै ओझेलमै छ । झण्डै ३० मुलुकको भ्रमण गरिसक्नु भएको उहाँले विश्वसामु नेपाललाई चिनाउने

सगरमाथा, भगवान बुद्ध र गोर्खाज् पनि एकभएकाले व्यक्तिगत रुपमा सोधखोजमा जुटेको बताउनुभयो।

धेरै दस्तावेज समीक्षा र विभिन्न देशको अध्ययन भ्रमणपश्चात् उहाँले गार्खाज्सम्बन्धी पुस्तकको

मस्यौदासमेत तयार गरिसक्नुभएको बताउनुभयो । मस्यौदालाई पुस्तकको शरिरको संज्ञा दिएका उहाँले मेची

महाकाली अभियान आरम्भअघि आफ्नो कृतिको आत्मा खोज्न नेपाल आएको बताउनुभएको थियो । उमेरले

नेटो काटेका दर्जनौ युद्धविजेताहरुसँगको संवादमा मैले मेरो मस्यौदा पुस्तकको आत्मा पाएँ, । पत्रकारहरुसँग

उहाँले भन्नुभयो, उहाँहरुका बलिदान, योगदान र पीडाव्यथाका कथाहरु पुस्तकमा प्रतिविम्वित हुनेछ । उहाँले

थप्नुभयो, पुस्तकमा गोर्खाजको इतिहास मात्रै नभएर गोर्खा सैनिकको असर एवं प्रभावको पनि साङ्गो पाङ्गो

विश्लेषण सहितको हुनेछ। गोर्खाजका बारेमा हालसम्म प्रकाशित पुस्तकहरु सिक्काको एक पाटा मात्रै

लेखिएकाछन्, तर आफ्नो पुस्तकले दुवै पाटा छर्लङ पार्ने उहाँको दावी छ। विश्वभरका पाठकहरुलाई गोर्खाज्बारे

एक पूर्ण पुस्तक पस्कने प्रयासमा लागेको लेखक गुरुङको उक्त कृति अंग्रेजी भाषामा प्रकाशित हुने भएको छ ।

पुस्तक लेखनका लागि तीन वर्ष खर्चेर सन् २०१९ को अन्त्यतिर प्रकाशन योजना रहेको लेखक गुरुङले

बताउनुभयो। उक्त पुस्तकको मस्यौदा कृति करिब दर्जन स्वतन्त्र विज्ञहरुले समीक्षा गर्नेछन् भने बेलायत,

हङकङ र नेपालबाट एकैपटक विमोचन गर्ने योजनासमेत रहेको छ । पुस्तक प्रकाशन तयारीसम्म करिब करिब

५० लाख रुपैया खर्च हुने अनुभान उहाँको छ भने पुस्तक आफ्नै खर्चमा प्रकासन गरिने जानकारी दिनुभयो।

हालसम्ममा गुरुङका १४ उपन्यास अंग्रेजीमा प्रकाशित छन् । अध्येता गुरुङ एशिया टाइम्सका लेखक र निवृत्त

बृटिश सेनासमेत हुनुहुन्छ। खोज—यात्रा समापनसँगै आयोजित पत्रकार सम्मेलनमा लेखक गुरुङको परिचलय

बरिष्ठ पत्रकार चुनबहादुर गुरुङले गराउनुभएको थियो।

कमेन्टहरु
Loading...