थ्री सिस्र्टर्सद्धारा निर्मित भवन समुदायलाई हस्तान्तरण

पोखरा १६, साउन/पर्यटन तथा महिला सशक्तिकरणको क्षेत्रमा क्रियाशिल थ्री सिस्टर्सद्धारा खहरे बंगलादीमा निर्मित सामुदायिक भवन एक कार्यक्रमका बीच समुदायलाई हस्तान्तरण गरिएको छ ।

थ्री सिस्र्टर्सद्धारा निर्मित भवन समुदायलाई हस्तान्तरण
थ्री सिस्र्टर्सद्धारा निर्मित भवन समुदायलाई हस्तान्तरण

थ्री सिस्र्टस एडभेन्चर ट्रेकिङ्ग कम्पनीका संस्थापकका दाजु अशोक बहादुर कार्कीको स्मृतिमा निर्मित सो भवन उनको बार्षिक पुण्य तिथि साउन १५ गते समुदायलाई हस्तान्तराण गरिएको हो । थ्रि सिस्र्टसका संस्थापक निर्देशक लक्कि कार्कीले बंगलादी समुदायिक बनउपभोक्ता समितिका अध्यक्ष टेकनाथ अधिकारी र बंगलादी टोल बिकास संस्थाका अध्यक्ष ओम भुजेलमार्फत भवनको चावि समुदायलाई हस्तान्तरण गरेकी हुन् ।

स्वामित्व ग्रहणसँगै अध्यक्ष ओम भुजेलले समुदायको हितकालागी भवनको प्रयोग गरिने बताए । त्यसैगरी बनउपभोक्ता समितिका अध्यक्ष टेकनाथअधिकारीले थ्रि सिस्टर्सले समुदायकालागि गरेको योगदान सदा स्मरणणीय रहने भन्दै धन्यवाद ज्ञापन गरें ।

कार्कीको २०७२ वैशाख १० गतेका दिन उहाँको निधन भएको थियो । उहाँको निधनबाट मर्माहित परिवारजनले उनको सम्झनामा सो दुई कोठे पक्कि भवन निर्माण गरेको परिवारजन लक्कि कार्कीले बताइन् ।

कमेन्टहरु
Loading...