द नर्थ फेसको स्टोर्स पोखरमा

सागर राज तिमिल्सिना
पोखरा, २४ असोज /विश्व विख्यात अमेरीकन ब्राण्ड द नर्थ फेसेको पोखरामा स्टोर्स सञ्चालनमा आएको छ । १३ वर्ष देखी काठमाडौ र ललितपुरबाट सेवा दिदै आएको शेर्पा एड्भाचर आउट्लेट प्रालिले पोखराको लेकसाइडमा पसल सञ्चालनमा स्टोर्स सञ्चालनमा ल्याएको हो ।

पोखरामा आउने विदेशी र नेपालीलाई लक्ष्त गरी स्टोर्स सञ्चालनमा ल्याएको सञ्चालक पेमा शान्ति शेर्पाले जानकारी दिइन् । उनले हिमाल चढ्न आवश्यक कपडा देखि सर्वसाधरणलाई हुने सबै प्रकारका कपडा, जुत्ता, मोजा, टिसट, ज्याकेट लगाएकतका पाइने शेर्पाले बताइन् । उनले ५ सय देखि ५० हजार सम्मको सामग्री रहेको उनले बताइन् ।

उनले पोखरा नेपालको दोस्रो पर्यटकीय केन्द्र हो यहाँ आउने पर्यटकलाई लक्ष्ति गरि स्टोर्स सञ्चालनमा ल्याएको हो । उनले केहि समय पछि सोलुखुम्बुको नाम्चे बजारमा पनि खोल्ने योजना रहेको शर्पाले बताइन् ।

कमेन्टहरु
Loading...