एकीकृत सम्पती करको वृद्धि अव्यवहारिक

पोखरा, ७ भदौ । नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीले पोखरा उप महानगरपालिकाले हालै लागु गरेको एकीकृत सम्पती करको वृद्धि सम्बन्धमा पुनः विचार गर्न आग्रह गरेको छ ।

उपमहानगरले गरेको करवृद्धि बिना आधार , जनचाहना विपरित करमा वृद्धि गर्दा सर्वसाधारण जनता प्रत्यक्ष मारमा परेको भन्दै क्षेत्रीय समितिको बैठकले अव्यवहारिक र अवैज्ञानिक निर्णय तत्काल सच्याउन माग गरेको हो ।

क्षेत्रीय समितिका सभापति माधव बाँस्तोलाको सभापतित्वमा बसेको बैठकलेले जनप्रतिनिधिविहिन अवस्थामा जनतालाई मार पर्ने गरी करवृद्धि गरिएको भन्दै उक्त निर्णय तत्काल सच्याउन माग गरेको क्षेत्रीय समितिका सचिव वर्षाकेशव पराजुलीले जानकारी दिनुभयो । जनगुनासोलाई बेवास्ता गरेमा नेपाली काँग्रेस क्षेत्र नं २ ले दबाव मुलक कार्यक्रम समेत संचालन गर्न सक्ने उहाँले बताउनुभयो ।

बैठकले स्व.वि.पी.कोईरालाको ३९औं स्मृति दिवसमा गरिएको बृक्षारोपणकार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने महानुभाव तथा सहभागी सबैलाइ धन्यवाद दिनुको साथै नेपाली काँग्रेस क्षेत्र नं २ का पूर्व क्षेत्रीय प्रतिनिधि एवं लोकदोहोरी प्रतिष्ठानका केन्द्रिय सदस्य चोलेन्द्र पौडेलको धर्मपत्नी सावीत्री पौडेल र क्षेत्र नं २ का पूर्व क्षेत्रीय प्रतिनिधि राम प्रसाद श्रेष्ठको आमा ईन्द्रमाया श्रेष्ठको निधन प्रति शोक ब्यक्तगरेको क्षेत्रीय समितिका प्रथमसचिव कृष्ण कोईरालाले जानकारी दिनु भयो ।

कमेन्टहरु
Loading...