काठमाडौंमा ‘कडा’ स्वाइन फ्लू भेटियो, एकको मृत्यु

काठमाडौ, ४ बैशाख /काठमाडौंमा भेटिएको स्वाइन फ्लू ९एच वान एन वान् भाइरस० नयाँ प्रकारको हुन सक्ने भन्दै चिकित्सकहरुले सचेत रहनु पर्ने बताएका छन् ।

काठमाडौंमा स्वाइन फ्लू भेटिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले पुष्टि गरेको छ । अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेर बहादुर पुनले काठमाडौंमा देखिएको स्वाइन फ्लू नयाँ भएकोले विशेष सर्तकता अपनाउन आग्रह गरे ।

‘पहिले पहिले नेपालमा देखा परेको स्वाइन फ्लू क्यालिफोर्निया राज्यबाट आएको हुदाँ त्यले त्यति हानी पुर्‍याएको थिएन’ उनले भने, ‘तर, अहिले अमेरिका, युरोप हुँदै भारतमा समेत देखा परेको मिचिगन स्ट्रेन नामक स्वाइन फ्लू नेपालमा समेत आएको हुन सक्ने हुदाँ यसबारे विशेष ध्यान दिन आवश्यक छ ।’

करिब तीन हप्ता अघिमात्र काठमाडौंको एक निजी अस्पतालमा स्वाइन फ्लूकै कारण एक व्यक्तिको मृत्यु भएको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै भर्ना भएका ३० वर्षीय पुुरुषमा पनि स्वाइनफ्लू संक्रमण भएको पुष्टि भएको छ ।

ज्वरोसहित छाती दुखेर अस्पताल भर्ना भएका उनमा स्वाइन फ्लु देखिएको अस्पतालले जनाएको छ । गत फाल्गुनको पहिलो साता ज्वरो आएर अस्पताल पुगेका ४० वर्षीय एक पुरुषमा पनि स्वाइन फ्लुको भाइरस भेटिएको थियो ।

स्वाइन फ्लुका बिरामी भेटिए
कमेन्टहरु
Loading...