सामुदायिक सुचना समाजद्धारा विभिन्न पुरस्कार घोषणा

पोखरा, २२ साउन /सामुदायिक सुचना समाज पोखराले बिभिन्न पुरस्कारहरु घोषणा गरेको छ । समाजको बैठकले पोखरा र आसपासको क्षेत्रलाई मध्येनजर गर्दे सुचनाको क्षेत्रमा फड्को मार्ने उद्धेश्यले फरक–फरक क्षेत्रका तिनवटा पुरस्कार घोषणा गरेको हो ।

पोखरामा पत्रकारीताको क्षेत्रमा कृयाशिल एक जना पत्रकारलाई सिआईएस पत्रकारीता पुरस्कार बाट नगद ११हजार एक सया ११ ले यो बर्षबाट प्रत्येक बर्ष पुरस्कृत गरीने समाजले जनाएको छ । समाजमा रहेको बिभिन्न गलत कृयाकलाप र बिकास र संबृद्धिका लागि सुसासनको क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई पुरस्कृत गरिने समाजका अध्यक्ष दिपक आचार्यले जानकारी दिए ।

पुरस्कार प्रदान गर्नको लागि प्रेश स्वतन्त्रता सेनानी तथा बरिष्ट पत्रकार कुशुम केशब पराजुलीको संयोजकत्वमा पत्रकार महासंघ कास्कीको सल्लाहकार राज बहादुर गुरुङ र पत्रकार माधब पनेरु सदस्य रहेको छनौट समीती गठन भैसकेको छ । समितीले काम सुरु गरिसकेको पनि जानकारी दिईएको छ । त्यसैगरि सामुदायिक सुचना समाज, पोखराले यो बर्षबाट कास्की जिल्ला भरी रहेका सरकारी कार्यलयहरुबाट एक जना उत्कृष्ट सुचना अधिकारी लाई पनि पुरस्कृत गरीने जनाएको छ ।

सुचनाको हकलाई कार्यान्वयन गराउन मद्धत पुग्ने हिसावले कार्यालयका सुचना अध्याबधिक गर्ने तथा सुचना माग्ने सेवाग्राहीलाई बिना आग्रह सुचना उपलब्ध गराउन सुचना अधिकारीलाई उत्कृृष्ट सुचना अधिकारी अर्वाड प्रदान गरिने समाजले जानकारी दिएको छ । उक्त अवार्ड नगद ५ हजार ५ सय पचपन्न रहेको छ । उक्त अवार्डका लागि जिल्ला प्रसासन कार्यलय संयोजक रहने गरि क्षेत्रिय हुलाक र सामुदायिक सुचना समाजका महासचिव राजेन्द्र शर्मा सदस्य रहेको छनौट समति गठन भैसकेको अध्यक्ष आचार्यले जानकारी दिए ।

यही बर्षबाट क्यान कास्कीको सहयोगमा सामुदायिक सुचना समाज ,पोखराले सञ्चालन गर्ने गरि सुचना प्रबिधिको क्षेत्रमा नयाँ खोज तथा अन्वेषण गरेका एक जना ब्याक्तीलाई पनि पुरस्कृत गरिने बताईएको छ । उक्त पुरस्कार नगद ५ हजार ५ सय पचपन्न रहेको छ । उक्त पुरस्कारको लागि पनि क्यान कास्कीको संयोजकत्वमा तिन सदस्यीए छनौट समीती गठन गरिएको छ । तिन वटै पुरस्कार भदौ १ गते राष्ट्रीय सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बास्कोटा द्धारा एक बिषेश कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिने बताईएको छ ।

कमेन्टहरु
Loading...