शुल्क बृद्धि फिर्ताको माग गर्दै प्याब्सन र एन प्याब्सनको कार्यालयमा तालाबन्दी

पोखरा, १५ वैशाख/शुल्क बृद्धिलाई लिएर आन्दोलनरत विद्यार्थी संगठनले कास्कीको प्याब्सन र एन प्याब्सनको कार्यालयमा तालाबन्दी गरिएको छ।

संयुक्त विद्यार्थी संगठनहरुले कार्यक्रम अनुसार ताला लगाएको अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतमले बताए । बुधबार कास्कीका निजी स्कुलहरु सिसुनिकेतन, फिस्टेल, मदरल्याण्ड, ह्याप्पी, कुमुदिनी होम्स, प्रगतिमा ताला लगाएको उनले बताए ।

जबसम्म माग पूरा हुदैन तबसम्म आन्दोलन जारी रहने गौतमले बताए । अब संयुक्त बैठक बसेर थप आन्दोलनका कार्यक्रम तय गर्ने गौतमले बताए।

कमेन्टहरु
Loading...