सुधार गृहबाट २१ जनाको उद्धार

काठमाडौं, २१ मंसिर / काठमाडौको सुकेधारमा रहेको ट्रान्सफरमेशन नेपाल सुधार गृहबाट प्रहरीले २१ जनाको उद्धार गरेको छ । सुधार गृहमा अमानवीय व्यवहार तथा यातना समेत दिई राखेको सुचनाका आधारमा प्रहरीले २१ जनाको उद्धार गरेको हो ।

परिवार सगँ भेटन समेत नदिइ अमानवीय तबरले राखीको परिवारले जानकारी दिए पछि उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रहरी उपरिक्षक अशोक सिंहले जानकारी दिए ।

उनले प्रचलीत कानुन बमोजिम काम कारबाही गरेको नपाईएको हुदाँ सुधार गृहमा रहेका २१ जनालाई तत्कार उद्धार गरि आफ्न्तको जिम्मा लगाएको बताए । प्रहरीले संचालक र एक कामदारलाई समेत पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कास्की प्रहरी प्रमुख हुदाँ राम्रो काम गरेका सिंहको टोलीले काठमाडौमा पनि लागुऔषध प्रयोगकर्तालाई समेत पक्राउ गरेका छन् ।

कमेन्टहरु
Loading...