स्थानीय निर्वाचनमा नेविसंघ परिचालित

पोखरा, २६ वैशाख /आसन्न स्थानीय निकायको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसलाई विजय गराउने उद्देश्यकासाथ ने.वि.संघ केन्द्रिय समितिद्घारा कास्कीमा प्रतिनिधि पठाई ने.वि.संघको जिल्ला परिचालन समिति निर्माण भएको छ । ने.वि.संघ केन्द्रिय उपाध्यक्ष पुष्प कुमार शाहीलाई कास्की जिल्लाको प्रतिनिधिका रुपमा केन्द्रीय समितिले पठाएको छ ।

मंगलबार बिहान ७ बजे नेपाली कांग्रेस कास्कीको कार्यालय चिप्लेढुङ्गामा, नेवि.संघ केन्द्रीय सदस्य गोपाल गुरुङ्गको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय उपाध्यक्ष एवं कास्कीका प्रतिनिधि पुष्प कुमार शाही, केन्द्रीय सदस्य गीता गुरुङ्ग, तीर्थ गौतम, ममता राई, ने.वि.संघ कास्कीमा पूर्व उपाध्यक्ष तारा अधिकारी निवर्तमान उपाध्यक्ष विकास थापा, जनप्रिय क्याम्पसका स्वियु सभापति आशिक गुरुङ्ग, संस्कृत क्याम्पसका स्वियु सभापति केशव आचार्य लगायत विद्यार्थी नेताहरुको उपस्थितिमा उक्त बैठक बसेको थियो ।

उक्त बैठकले १ बुथमा ३० युवा विद्यार्थी परिचालन गर्नेगरी केन्द्रीय उपाध्यक्ष पुष्प कुमार शाहीको संयोजकत्वमा २०५१ सदस्य समिति गठन गर्ने निर्णय गरेको छ र आसन्न स्थानीय निर्वाचनमा नेपाली काग्रेंसको तर्फबाट चुनावी मैदानमा उत्रिनु भएका ने.वि.संघ पूर्व केन्द्रीय सदस्य सरोज के.सी, विद्यार्थी नेता भोज ब. गुरुङ्ग, मेख तामाङ्ग, सुवर्ण केसीलाई समेत उक्त बैठकले शुभकामना सन्देश समेत दिएको जानकारी ने.वि.संघ कास्कीका निवर्तमान सचिव विक्रमादित्य सिंह गिरीले गराएका थिए ।

कमेन्टहरु
Loading...