युनाइटेड क्लवको आयोजनामा सेती नदी संरक्षण अभियान सुरु

पोखरा, ५ वैशाख /विभिन्न सामाजिक काममा अग्रसर युनाइटेड क्लव पोखरा पर्यटकीय शहर पोखराको बीच भाग भएर बग्ने सेती नदी संरक्षणमा जुटेको छ । स्थापना कालदेखि पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको अयोजना गरी विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रहदै आएको युनाइटेड क्लवले सेती नदी संरक्षण कार्यक्रम अनतर्गत सरसफाइ अभियान सुरु गरेको हो ।

आफ्नो सातौ वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रम अन्तर्गत क्लवले सुरु गरेको सेती संरक्षण अभियानको मंगलबार पोखरालेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दिर्घनारायण पौडेलले उदघाटन गरे । सेती नदी संरक्षणमा खटिने पोखरा फोहोरमैला ब्यवस्थापन प्रालिका याम बहादुर दमाईलाई फोहोर सफा गर्ने सामाग्री हस्तान्तरण गर्दै पौडेलले सेती नदी सफाइमा युनाइटेड क्लवले देखाएको चासो श्रहानिय रहेको वताउदै पोखरा लेखनाथ महानगरपालिकाबाट आवश्यक पर्ने सहयोग गर्न आफु तयार रहेको वताए ।

एउटा क्लवले महोत्सवको आयोजना गरी विभिन्न सामाजिक काम गर्नु सानो कुरा नभएको वताउदै सेती नदीको संरक्षणका लागी युनाइटेड क्लव संग सहकार्य गरेर अन्य संघ सस्था तथा क्लवहरुले पनि सहकार्य गर्नुपर्नेमा जोड दिए । सो अवसरमा वोल्दै युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले २०६७ सालमा स्थापना भएको क्लवले पांचौ संस्करणको पोखरा महोत्सवबाट सेती नदी संरक्षणका लागी महोत्सवमा आउने दर्शकको प्रति टिकटबाट एक रुपैया संकलन गरी रकम जम्मा गरेको र सोही अन्तर्गत सेती संरक्षणको कार्यक्रम गरिएको वताए ।

सेती नदी संरक्षण कार्यक्रमका संयोजक तथा युनाइटेड क्लवका महासचिव राजु श्रेष्ठले सेती नदी संरक्षणका लागी संकलन भएको रकमबाट खर्च हुने गरी सेती नदी अन्तर्गत चाइनापुल वरपरको सेती नदी सफाइ गरिने वताए । त्यसका लागी क्लवले पोखरा फोहोरमैला ब्यवस्थापन प्रा.लि.लाई जिम्मा लगाएको र प्रालिले दश दिनमा चाइनापुल क्षेत्र सफाइ गर्ने वताए ।

त्यस्तै क्लवको साताब्यापी कार्यक्रमका संयोजक तथा क्लवका प्रथम उपाध्यक्ष लालकाजी गुरुङले सेती संरक्षणमा युनाइटेड क्लवको मात्र नभइ सम्पूर्ण पोख्रेलीको दायित्व रहेको वताउदै क्लवको अभियान अनतर्गत चाइना पुल क्षेत्रमा सेती संरक्षण सम्वन्धी विभिन्न होडिङवोर्डहरु राख्ने वताए । क्लवका अध्यक्ष सुक बहादुर गुरुङले सेती नदी सिंगो पोख्रेलीको गहना भएकाले यसलाई दर्गन्धित हुनबाट वचाउन सवैले आफ्नो ठाउबाट पहलकदमी थाल्नुपर्नेमा जोड दिए ।

सेती नदी सरसफाइको जिम्मा पाएको पोखरा फोहोरमैला ब्यवस्थापन प्रालिका याम बहादुर दमाइले आफुले सेती नदीको सरसफाइका लागी विभिन्न संघ सस्थाहरु संग सहकार्य गर्न तत्परता देखाउदा कोही कसैले चासो नदेखाइरहदा युनाइटेड क्लवको अगुवाइमा सरसफाइ गर्न पाउदा आफु निकै हर्षित रहेको वताए । दमाइले युनाइटेड क्लवको अगुवाइलाई अन्य संघ सस्था तथा सिंगो पोखरा लेखनाथ महानगरपालिकाले सहयोग गर्नुपर्नेमा उनको जोड रहेको थियो ।

कमेन्टहरु
Loading...