फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तिब्र

पोखरा, २३ बैशाख/संघिय समाजवादी फोरम तथा नयाँ शक्तिको संयुक्त गठबन्धनद्वारा कास्कीका विभिन्न गाउँपालिका तथा पोखरा–लेखनाथ महानगरपालिका विभिन्न वडामा घरदैलो कार्यक्रमलाई तिव्र बनाएको छ । यसै क्रममा पोले १७ बिरौटामा घरदैलोको साथमा निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन भएको हो ।

निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गर्दै नयाँ शक्ति निकट पोखरा–लेखनाथ महानगर समिति प्रमुख जितबहादुर गुरुङले सबै जाती, वर्ग, समुदायलाई निर्वाचनमा होमिन आग्रह गरेका थिए । आफ्नो ठाँउको नेता आफैले चुन्न पाउने अवसरलाई नगुमाई दक्ष नेतालाई भोट हाल्न आग्रह गरेका थिए ।

उद्घाटन कार्यक्रममा पोखरा लेखनाथ महानगर मेयरका उमेद्वार हुम गुरुङ उपमेयर पदकी उमेद्वार लक्ष्मी खाती परियार, निर्वाचन परिचालन समिति कास्कीका दिपक तामाङ, हेमबहादुर थापा, सौगात पोखरेल, माछापुच्छ«े गाँउपालिकाका उत्प्रेरक तोयोनाथ लम्साल, स्याङ्जा उत्प्रेरक टिकाराम पौडेललगाएतले बोलेका थिए । दिपक भण्डारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य पोले १७ का खुला सदस्य गोविन्द प्रसाद पाण्डेले राखेका थिए । कार्यक्रमको संचालन टिकाराम पौडेलले गरेका थिए ।

कार्यक्रम पश्चात घरदैलोमा पुगि विकासका लागि मसाल चिह्नमा भोट हाल्न आग्रह गर्दै उमेद्वार परिचय गराईएको थियो । यसैगरि पोले ७, मा पनि निर्वाचन सम्पर्क कार्यालय उद्घाटन तथा घरदैलो कार्यक्रम गरिएको कास्की प्रचार विभागले जनाएको छ । वडा ७ को उद्घाटन कार्यक्रममा मेयर पदका उमेद्वार हुमबहादुर गुरुङ र उपमेयर पदका उमेद्वार लक्ष्मी खाती परियारले नगर विकासका लागि कुनै सम्झौता नहुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उद्घाटन कार्यक्रममा नयाँ शक्ति निकट तमु राष्ट्रिय परिषद्का केन्द्रीय संयोजक दुर्गा बहादुर तमु, संघिय समाजवादी क्षेत्र नं. ३का उपाध्यक्ष तुलबहादुर गुरुङ, नयाँ शक्ति जिल्ला संयोजक हेमबहादुर थापा, प्रशिक्षण विभागका सौगात पोखरेल, निर्वाचन परिचालन कास्की सहसंयोजक खड्ग बहादुर गुरुङलगाएतले समृद्धिका लागि संयुक्त गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिएका थिए ।

त्यसैगरि पोले ७ का वडा अध्यक्ष पदका उमेद्वार जुमा गुरुङले सबैका लागि निशुल्क शिक्षा, स्वास्थ्यका साथमा समान न्याय निशाफ र जनताको स्वसासित सरकार बनाउन अग्रसर रहने प्रतिवद्धता व्यक्त गरेका थिए । संयुक्त गठबन्धनले वडामा ¥याली समेत गरेको थियो ।

चुनावी अभियान अन्तर्गत पोले–१ मा पनि संयुक्त गठबन्धनले घरदैलो अभियानलाई तिब्र बनाएको छ । पोले–१ का उत्प्रेरक भानु अधिकारी, विद्यार्थी नेता रेशम सापकोटा, संघिय समाजवादीका युवा नेता विष्णु गुरुङलगाएतको अग्रजहरु सहभागि रहेका थिए ।

कमेन्टहरु
Loading...