सिड्नीमा नेपाली विद्यार्थी मृत फेला

सिड्नी, २९ असार (एजेन्सी सहयोगमा) /सिड्नीमा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश सेढाई मृत फेला परेका छन् ।

सिड्नीको गिलफोर्डमा बस्दै आएका २१ वर्षीय सेढाई आफ्नै कोठाको लुगा राख्ने दराजभित्र मृत फेला परेका हुन् ।

सेढाई सिड्नीस्थित युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीमा ब्याचलर अफ कम्युटर इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थी हुन् ।

अबेर रातिसम्म ठीक अवस्थामा देखिएका सेढाई बिहान अबेरसम्म नउठेपछि कोठामा हेर्दा मृत भेटिएका थिए ।

हाल उनको शवलाई लिडकमस्थित मोर्गमा राखेको र आवश्यक कानुनी कारबाही पश्चात आफन्तलाई शव बुझाउने सम्बन्धित निकायले जनाएको छ ।

मृतकका परिवारलाई एनआरएनए तथा झापाली समाज अस्ट्रेलियाले आवश्यक सहयोग गर्न बताइएको छ ।

कमेन्टहरु
Loading...