बुद्ध जयन्तीमा रुपाकोटमा भलिबल प्रतियोगिता सुरु, पत्रकार थापा र उपाध्याय सम्मानित

पोखरा, ९ जेठ /कास्कीको रुपाकोट–८ स्थित मोहरियाको प्रचारप्रसारमा उल्लेखनीय योगदान गरेको भन्दै पत्रकार रुद्र बहादुर थापा र राजन उपाध्यायलाई सम्मान गरिएको् छ । २५६० औं बुद्ध जयन्तीको अवसरमा सिद्धार्थ स्मृति क्लव, रुपाकोटले आयोजना गरेको मोहरिया मेला–२०७३ एवम् भलिबल प्रतियोगिताको अवसरमा सम्मान गरिएको हो ।

बुद्ध जयन्तीमा रुपाकोटमा भलिबल प्रतियोगिता सुरु, पत्रकार थापा र उपाध्याय सम्मानित
बुद्ध जयन्तीमा रुपाकोटमा भलिबल प्रतियोगिता सुरु, पत्रकार थापा र उपाध्याय सम्मानित

कार्यक्रमका राष्ट्रिय खेलकुद परिषदका सदस्य फक्त बहादुर गुरुङले खादा, प्रमाणपत्र र नगदले सम्मान गर्नुभएको हो । पत्रकार थापाले मगर भाषाको संरक्षण र प्रचारमा विशेष योगदान पु¥याएको क्लवले जनाएको छ । साथै यस क्षेत्रमा उच्च शिक्षा हासिल गर्ने विभिन्न व्यक्ति, खेलाडी तथा खेलसँग सम्बन्धित व्यक्ति र वृृृद्धवृद्धालाई सम्मान गरियो । कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य फक्त बहादुर गुरुङले खेलले मानिसलाई अनुशाशन सिकाउने बताउदै क्लवले लामो समयदेखि प्रतियोगितालाई निरन्तरता दिएकोमा खुसी व्यक्त गर्नुभयो ।

पछिल्लो समयमा नेपालले खेलका माध्यमबाट शक्तिशाली देशलाई समेत पराजति गरि देशको शिर उच्च बनाउन सहयोग पुगेको गुरुङले बताउनुभयो । क्लवका अध्यक्ष जीत बहादुर थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा एचसीथ्रीका कास्की संयोजक विजय ज्ञवाली, सम्मानित व्यक्तिको तर्फबाट पत्रकार रुद्र बहादुर थापा, नौलो घुम्ति नेपालका रामकुमार सेढाई, एचसीथ्रीकी फिल्ड सुपरभाइजर कविता रावत, साना किसान सहकारी संस्थाका अध्यक्ष क्या. हर्क बहादुर गुरुङ, क्लव सदस्य झलक कुमार गुरुङ, पूर्ण बहादुर गुरुङ लगायतले बोल्नुभएको थियो ।

मेलामा तीन लाख रुपैया आम्दानी र २ लाख २० हजार खर्च हुने आयोजकले अनुमान गरेको छ । मेलाबाट बचेको रकम स्थानीय बालबच्चाहरुको शिक्षाको लागि खर्च गरिने बताइएको छ । वि.स. २०५६ सालमा स्थापित क्लवले रक्तदान, सरसफाई, पर्यटन र खेल पर्यटन प्रवद्धनात्मक कार्यक्रमहरु गर्दै आएको छ । मेलामा लोपोन्मुख घाटु नाच, सोरठी लगायतका साँस्कृतिका कार्यक्रमहरु प्रस्तुत गरिने क्लवका अध्यक्ष जीत बहादुर थापाले जानकारी दिनुभयो ।

यसैबीच शनिवार भएको उद्घाटन खेलमा आयोजक सिद्धार्थ स्मृति क्लवले ध्रुवतारा युवा क्लवलाई पराजित गरेको छ । ‘खेलकुदद्धारा स्वास्थ्यको सम्वद्र्धन, मेलाद्धारा पर्यटनको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ आयोजित मेला तीन दिन सम्म चल्ने छ । खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने समुहले नगद ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो हुनेले नगद २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मेला संयोजक जितबहादुर थापाले जानकारी दिनुभयो । साथै उत्कृष्ट सटर, लिफ्टर, खेलाडी र अनुशाशित समुहलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा २० वटा समुहले भाग लिएका छन् ।

कमेन्टहरु
Loading...