रुपा गाउँपालिकास्तरीय बाल सञ्जालको अध्यक्षमा शिवालयका पुरुषोत्तम ओझा

पोखरा, ३१ साउन /रुपा गाउँपालिकाका बालबालिकाहरुको भेलाले शिवालय माध्यमिक विद्यालयका पुरुषोत्तम ओझाको अध्यक्षतामा १३ सदस्यीय रुपा गाउँपालिकास्तरीय बाल सञ्जाल गठन गरेको छ ।

शिवालय बाल क्लबको संयोजन र रुपा गाउँपालिकाको आयोजनामा भएको भेलाबाट गठित सञ्जालकी उपाध्यक्षमा रामकोट माविकी ममता सुवेदी, सचिवमा रुपाज्योति माविका प्रितम गुरुङ, कोषाध्यक्षमा विश्वशान्ति माविकी नेहा गुरुङ र सहसचिवमा कालिका माविका अर्जुन घिमिरे चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा जनता माविका सफल माल, गाउँफर्क माविका केशव ओझा, चन्द्रप्रभा माविकी स्मृति नेपाली, जटेश्वर माविकी सीमा गोदार, चन्द्रप्रभा माविका सुमित थापा र पृथ्वीरुपा माविकी सदिच्छा विक चयन भएका छन् । आधारभूत विद्यालयबाट २ जना पछि थपिने जनाइएको छ ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले आफ्नो बाल्यकालको स्मरण गर्दै बालबालिकाभित्र अथाह प्रतिभा हुने र उनीहरुको प्रतिभा प्रस्फुटन हुने वातावरण निर्माणमा आफूहरु लागिपरेको बताए । उपाध्यक्ष लालसुब्बा गुरुङले बालबालिकाको उत्साह देखेर खुसी लागेको बताइन् ।

रुपा गाउँपालिका भरिका बालबालिकालाई सङ्गठित गरी उनीहरुको प्रतिभा पहिचान र कर्तव्यबोध गराउने मूल उद्देश्यले सञ्जाल गठन गरिएको महिला तथा बालबालिका सहजकर्ता सत्यदेवी पहारीले बताइन् । शिवालय बाल क्लबका कल्पित ओझाको सञ्चालनमा भएको कार्यक्रममा शिक्षकहरुका तर्फबाट चन्द्रप्रभा माविका मोहमद मोहसिन मियाले आफ्ना धारणा राखेका थिए ।

कमेन्टहरु
Loading...