रुपा गाउँपालिकामा ३९ जना चयन हुने, अध्यक्ष बन्ने दौडमा नेताहरु (को को सहित)

सागर राज तिमिल्सिना
पोखरा, ५ चैत /सरकारले स्थानीय तहको चुनावीको मिति घोषणा गरेसँगै कास्कीमा चुनाव केन्द्रित गतिविधि बढ्न थालेको छन् । उम्मेदवारहरु प्रचारमा नलागे पनि माउ पार्टीसँगको आन्तरिक छलफलमा ब्यस्त छन् । यद्यपी आकांक्षीहरुको ठूलो भीडबाट एक एक जना उम्मेदवार चयन गर्न त्यति सजिलो देखिँदैन ।

कास्कीमा रहेका नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी, संघीय समाजबादी फोरम लगाएतका दलबाट नगरपालिका र गाउँपालिका प्रमुखका लागि उम्मेदवारी दिँदैछन् । केही ठूला पार्टीहरुले पार्टीगत रुपमै उम्मेदवारी दिएपनि साना पार्टीहरु चाहीँ ठूला पार्टीसँग मिलेर चुनावमा सहभागी हुने तयारी गरिरहेका छन् ।
चुनावको मिति घोषणा पछि जिल्ला स्थित राजनीतिक दलले पनि चुनावी गतिविधी विस्तारै सुरु गर्दैछन् ।

नयाँ स्थानीय तह अनुसार भएको व्यवस्था अनुसार कास्कीमा पोखरा लेखनाथ महानगरपालिका र अन्य चार वटा गाउँ पालिकामा निर्वाचन हुदैछ । कास्की रुपा गाउँ कार्यपालिकामा १५ जना निर्वाचीत हुने छन् । अध्यक्ष, उपाध्यक्ष, ७ वटा वडाका अध्यक्ष, ४ जना महिला र २ जना दलित वा अल्पसंख्यक चुनिने छन् । ४ जना महिला र २ दलित वा अल्पसंख्यकलाई गाउँ सभाले निर्वाचीत गर्ने व्यवस्था गरेको छ । वडा अध्यक्षमा विजयी भएका अध्यक्षहरु स्वतह सदस्य हुने व्यवस्था सविधानमा छ । त्यसै गरि रुपा गाउँ पालिको गाउँ सभामा ३९ जना चयन गर्ने छ ।

अध्यक्ष, उपाध्यक्ष र प्रत्येक वडाका अध्यक्ष तथा ४ जना सदस्य पदेन हुने व्यवस्था छ । त्यसै गरि दलित वा अल्पसंख्यकबाट २ जना मनोनयन गरी ३९ सदस्य बनाउने व्यावस्था रहेको क्षेत्रीय निर्वाचन कार्यालय कास्कीका प्रमुख गंगालाल सुबेदीले बताए । उनले प्रत्येक वडामा अध्यक्ष १ जना अध्यक्ष, २ जना खुल्ला सदस्य, १ जना महिला निर्वाचित र १ जना दलित महिला निर्वाचित रहने व्यवस्था रहेको बताए । वडामा विजय भएकाहरुले नै गाउँसभा र गाउँकार्यपालिकामा प्रर्तिनिधित्व गर्ने छन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष गाउँ पालिकाको सबै क्षेत्रबाट बढि मत ल्याउनेले दित्ने व्यवस्था छ । रुपागाउँ पालिकामा ८ स्थानमा मतदान गर्ने व्यवस्था निर्वाचन कार्यालयले गरेको छ ।

रुपा गाउँपालिकामा पूर्वी गाउँपालिका रुपामा जिल्ला स्तरीय नेताहरु समेत अध्यक्षका लागि दावेदारी प्रश्तुत गरिरहेका छन् । यहाँ तीनवटै ठूला पार्टीबाट अध्यक्षको उम्मेदवार बन्ने आकांक्षी धेरै छन् । काँग्रेसबाट पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश मोहन खनाल आँफै अध्यक्ष बन्ने चाँजोपाँजो मिलाईरहेका छन् भने जिल्ला सदस्य हंसपुरका नारायण कुमार श्रेष्ठ, रुपाकोटकी गिमाया गुरुङ र साविक गाविस अध्यक्ष तुल बहादुर गुरुङ अध्यक्षका दावेदार हुन् ।

एमालेबाट सामुदायिक वन उपभोक्ता महासंघ कास्कीका अध्यक्ष कालिदास सुवेदीको बढी चर्चा छ । जिल्ला सदस्य नवराज ओझा, जिल्ला सल्लाहकार सदस्य हस्तकुमार श्रेष्ठको पनि निकै चर्चा सुनिन्छ । अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य सरिता माल र साविक रुपाकोटका पार्टी सचिव खस बहादुर गुरुङ अध्यक्षमा दावेदारी पेस गर्ने तयारी गरिरहेका छन् । माओबादी केन्द्रकी केन्द्रिय सदस्य निर्मला सुवेदी र रुपाकोट गाविसका अध्यक्ष सूर्य गुरुङ पनि रुपा गाउँपालिकाको अध्यक्षमा उम्मेदवार दिँदैछन् ।

कमेन्टहरु
Loading...